Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

यो हो विश्वकै महँगो घोडा, मूल्य कति ?

तपाईंले विश्वमा एकसे एक महँगा घरपालुवा जनावरका बारेमा सुन्नुभएकै होला । केही विशेष खालका विशेषताका कारण केही जनावरहरु निकै मूल्यवान हुन्छन् ।

आज हामी तपाईंलाई विश्वकै सबैभन्दा महँगो जनावरको बारेमा बताउँदै छौँ, जसको मूल्यको अनुमान सायद तपाईं गर्न सक्नुहुन्न । यो बहुमूल्य घोडाको मूल्यमा तपाईं आलिशान बंगला, कार मात्र होइन, जीवनभरलाई पुग्ने अन्य कैयन् महँगा चिज किन्न सक्नुहुन्छ ।

यो घोडाको नाम ग्रिनमंकी हो । यो अमेरिकी जातको दौडने घोडा अर्थात् रेस हर्स हो ।

यो घोडाको मूल्य करिब १ अर्ब ६० करोड नेपाली रुपैयाँ अर्थात् १ करोड ६० लाख डलर तोकिएको थियो । सन् २००६ मा भएको एउटा लिलामीका क्रममा यो घोडा यतिधेरै मूल्यमा बिक्री भएको थियो ।

तीव्र गतिमा दौडिने क्षमता तथा सुन्दरता यसको खास विशेषता थियो । यही कारण यो घोडा विश्वमा अहिलेसम्मकै सबैभन्दा महँगो जनावरको रुपमा रहेको छ । अर्थात् यसको मूल्यलाई अरू कुनै पनि जनावरले अहिलेसम्म जित्न सकेका छैनन् ।

पहिलोपटक दौड प्रतियोगितामा भाग लिने क्रममा यो घोडाले २ सय मिटर दूरी जम्मा ९.८ सेकेण्डमा पूरा गरेको थियो ।

तर, एकपटक गम्भीर रुपमा घाइते भएसँगै यो घोडा त्यसपछि कहिल्यै पनि त्यतिधेरै गतिमा दौडिन सकेन ।

सन् २००४ मा जन्मिएको यो घोडाको २०१८ को जुलाई महिनामा मृत्यु भएको थियो ।
एजेन्सीको सहयोगमा