Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

म अझै १५ वर्ष बाँच्छु, अर्को चुनावको तयारीमा बसे हुन्छः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउँदै अर्को चुनावमा अस्तित्व रक्षाका लागि अहिलेदेखि नै तयारी अवस्थामा रहन भनेका छन् । संविधान दिवसको पूर्वसन्ध्यामा गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा उनले भने–केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु । म उपचारका लागि जान लागेको हो । तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको हुँ ।”

उनले आफू भोलि सिंगापुर जान लागेको बताउँदै भने–म भोलि सिंगापुर जाँदैछु । केही मान्छेले यो मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ । अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ ।”

बाह्रखरी