Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूले यसै हप्ता पदाधिकारी पाउँछन् : प्रधानमन्त्री

प्रधानमन्त्री । केपी शर्मा ओलीले संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगले छिट्टै पूर्णता पाउने बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

‘हामीले सत्यनिरूपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगहरूमा पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति बनाएका छौं। सिफारिस आउने बित्तिकै सरकारले विलम्ब नगरी पदाधिकारी नियुक्त गर्छ,’ प्रधानमन्त्रीले भने।

उनले यसै हप्ताभित्र दुई आयोगमा पदाधिकारी नियुक्त भइसक्ने विश्वास आफूले लिएको बताए।

‘द्वन्द्व सकिएको यति धेरै समय हुँदा पनि द्वन्द्व सम्झिएर कतिको घाउ दुख्नु र कतिको चहर्याउनु वाञ्छनीय हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘संक्रमणकालीन न्यायका कामहरू हाम्रो प्रतिबद्धताअनुसार नै निरूपण गर्छौं।’

संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्तिका लागि गत चैत १५ गते नै सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा समिति बनाइएको थियो।

समितिले पदाधिकारी बन्न चाहनेहरूका लागि आवेदन खोलेर आएका निवेदनमाथि अध्ययन पनि गरिसकेको छ। तर सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रमुख नेपाली कांग्रेसले सत्यनिरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष पाउनुपर्ने अडान नछोडेपछि संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरूको विषय अनिर्णित बनेको हो।

‘यो विषयमा प्रधानमन्त्री भन्दा पनि अर्का अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बीचमा कुरा मिलिरहेको छैन,’ स्रोतले सेतोपाटीसँग भन्यो।

यही विषयलाई लिएर प्रचण्ड र देउवाबीच बारम्बार छलफल भए पनि उनीहरू निचोडमा पुग्न भने सकेका छैनन्।

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा करिब ६३ हजार र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगमा तीन हजार १ सय उजुरी अलपत्र अवस्थामा छन्।

सेतो पाटी वाट