Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

धनगढी विस्फोटमा घाइते विप्लव कार्यकर्ता डिस्चार्ज भएलगत्तै पक्राउ

धनगढी । धनगढी बम विस्फोटमा घाइते एक विप्लव कार्यकर्तालाई प्रहरीले अस्पतालबाट डिस्चार्ज भएलगत्तै पक्राउ गरेको छ ।

धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा भएको शक्तिशाली बम विस्फोटमा घाइते लक्ष्मण सरेलालाई वडा प्रहरी कार्यालय धनगढीको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो ।

स्वास्थ्यलाभपश्चात सरेला ह्विलचियरमा बसेर घर फर्कन लागेका थिए । तर, लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर गाडीमा राखेको थियो ।

जिल्ला प्रहरी कार्यालय, कैलालीले घाइते सरेला विस्फोटमा संलग्न भएकाले अस्पतालबाट डिस्चार्ज भएलगत्तै नियन्त्रणमा लिइएको जनाएको छ ।

धनगढी उपमहानगरपालिका–३, सहीदगेटमा गत साउन २ मा विप्लव कार्यकर्ता आफैंले बोकेको शक्तिशाली बम विस्फोट भएको थियो । जसमा राम सिंहको मृत्यु भएको थियो भने सरेलासहित ४ जना घाइते भएका थिए ।
OnlineKhabar

error: Content is protected !!