Loading... आजः आइतवार, फाल्गुन २३, २०७७
Trending

प्रकाण्डले फेरि मच्चाउने भए चन्दा आतंक !

काठमाडौं । प्रतिबन्धित नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले पार्टीमा आर्थिक अभियान शुरु भएको बताएका छन् । विगतमा अर्थ विभागमा रहदा पनि प्रकाण्डले चन्दा आतंक मच्चाएको र त्यसरी उठाइएको आर्थिक हिसाब पार्टीभित्रै पारदर्शी हुन नसकेको टिप्पणी बढिरहेका बेला फेरि उनले आर्थिक अभियान पार्टीमा शुरु भएको सार्वजनिक नै गरेका छन् ।

शनिबार उनले एउटा लामो विज्ञप्ती निकाल्दै ५ महिनासम्म पार्टीले आर्थिक अभियान सञ्चालन गर्न लागेको र यो अभियानमा पार्टीको केन्द्रीय समिति, ब्यूरो, जिल्ला र मोर्चाहरुको संयुक्त र एकीकृत सहभागिता रहने उल्लेख गरेका छन् ।

प्रकाण्ड यस अगाडी पनि पार्टीको आर्थिक विभागमा थिए । अहिले फेरि उनले आर्थिक विभाग आफ्नै नेतृत्वमा ल्याउन सफल भएपछि आर्थिक सहयोगका नाममा चन्दा आतंक मच्चाउन लागेका हुन् ।

प्रकाण्ड अहिले पार्टीभित्र पार्टी प्रवक्ता, सचिवालय सदस्य, आर्थिक विभाग प्रमुख, मध्य कमाण्ड इन्चार्ज र विद्यार्थी फ्याक्सन इन्चार्ज छन् ।

उनले आफु निकट जनवर्गीय संगठनका केही प्रमुखलाई साथ लिएर विगतमा पनि आर्थिक चन्दा अभियान तिव्र बनाएका थिए ।

पार्टी भित्र आर्थिक प्रणाली एकद्धार नीति अन्र्तगत अगाडी बढाउने निर्णय भएसँगै प्रकान्डले यो विभागको नेतृत्व सितिमिति छोड्न चाहेका छैनन । अहिले पनि उनले उक्त विभाग आफैसँग राख्न सफल भएका छन् ।

पार्टीभित्र उनले आर्थिक विभाग हातमा लिएर नै नेता कार्यकर्तालाई आफनो पकडमा राख्न सफल भईरहेको विप्लव नेतृत्वको नेकपाका एक केन्द्रीय सदस्यले वताए । उनले केन्द्रीय नेताहरुलाई नै आफ्नो पक्षमा लाग्नेलाई निश्चित कोटाभन्दा पनि वढी रकम पनि दिने तर आफुसँग असहमत र फरक मत राख्ने नेताहरुलाई भने आर्थिक नाकाबन्दी सम्म लगाउने कार्य विगतमा गरेका थिए ।

अहिले पनि उनले विद्यार्थी अध्यक्ष चिरिञ्जिवी ढकाल लगायतलाई साथ लिएर चन्दा आतंक मञ्चाउन वैधानिक बाटो नै पार्टीभित्र खोजेको अनुमान लगाईएको छ । त्यही क्रममा उनले सार्वजनिक वक्तब्य नै दिएर पार्टीलाई सहयोग गर्न अपिल गरेको चर्चा उक्त पार्टीभित्र हुन थालेको छ ।

प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, – ‘देशको राजनीतिक, आर्थिक, सांस्कृतिक सङ्कटको समाधान क्रान्तिले मात्र सम्भव छ । त्यसैकालागि असारदेखि कात्तिकसम्म पाँच महिना पार्टीले आर्थिक सहयोग अभियान सञ्चालन गरेको छ । यसलाई सदाझँै सहयोग गरिदिनुहुन अनुरोध छ ।’

प्रकाण्ड पहिले पक्राउ पर्दा पनि उनको साथबाट प्रहरीले करोडौं चन्दा उठाएको विवरण फेला पारेको थियो । अहिले फेरि उनले पार्टीलाई आर्थिक सहयोगको नाममा उधोगी ब्यवसायीमाथी चन्दा आतंक मच्चाउन खोजेको विश्लेषण हुन थालेको छ । प्रकाण्डको खुलेआम आर्थिक सहयोग गर्न अपिल सहितको वक्तब्य जारी भएसँगै उधोगी, ब्यवसायीहरु भने आतंकित हुन थालेका छन् ।

error: Content is protected !!