Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

५ राउण्ड हवाई फायर गरी दुुई ब्यक्तिलाई पक्राउ

रुकुम । ५ राउण्ड हवाई फायर गरेर रुकुम प्रहरीले लुटेरा समुहका ब्यक्ति तथा हतियारहरु नियन्त्रणमा लिएको छ । रुकुम पश्चिम चौरजहारी नगरपालिका वडा नं.३ स्यालखोला भन्ने स्थानमा उनीहरुलाई नियन्त्रणमा लिईएको हो । प्रक्राउ पर्ने ब्यक्तिहरुमा बाँके कोहलपुर नगरपालीका वडा नं. १ कौशिलानगर बस्ने बर्ष अं.१९ को गोरे थापा मगर र दैलेख दुल्लु नगरपालिका वडा नं.१३ लम्स बस्ने बर्ष ३४ को खड्क बहादुर बि.क.रहेका छन ।

उनीहरुको साथबाट कटुवा पेस्तोल जस्तो देखिने सानो हतियार थान एक र भरुवा बन्दुकलाई मिडियम साईजको कटुवा पेस्तोल बनाएको नाल एक बरामत गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख सुमित खड्काले जानकारी दिए ।

जिल्लाको चौरजहारी नगरपालिकाको वडा एरियामा केही दिन यता अबैध हात हातियार सहितको समुह सक्रिय रही उक्त समुहले डोल्पा, जाजरकोट र रुकुम पश्चीमबाट जडिबुटी तथा यार्सा गुम्बा खरिद बिक्रीको लागी आउने जाने ब्यापारी लगायत स्थानीय ब्यक्तीहरुलाई हातहतियार देखाई बिभिन्न डर धम्की दिई चन्दा तथा फिरौती र लुटपात गर्दै अशान्ति फैलाई त्रास मच्याउदै आएको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले गस्ति गरिएको थियो ।

यस क्रममा शंकास्पद रुपमा हिडिरहेका निम्न ब्यक्तिहरुलाई रोकी चेकजाँच गर्नखोज्दा निजहरु भाग्न खोजेकाले प्रहरी टोलीले निजहरुलाई नियन्त्रणमा लिने क्रममा आफ्नो साथमा रहेको सानो हतियार बाट जम्मा ५ राउण्ड गोलीहवाई फायर गरी नियन्त्रणमा लिनुपरेको थियो । पक्राउ ब्यक्तिहरुलाई प्रहरी कार्यालयको हिरासतमा राखी हातहतियार खरखजाना सम्बन्घि कसुरमा मुद्धा लगाएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।