Loading... आजः बुधबार, बैशाख ५, २०८१
Trending

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले रु. १० लाख १ हजार १ सय जम्मा गरेका छन्  ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज  प्रधानमन्त्री के.पी. शर्मा ओलीलाई राहत रकमको चेक महासंघका अध्यक्ष केशव बडाल र बैंकका अध्यक्ष के.बी. उप्रेतीले हस्तान्तरण गर्नुभएको हो ।
त्यस अवसरमा प्रधानमन्त्री ओलीले विपत्तीमा परेकाहरुलाई उद्धार र पुनस्र्थापनाका  लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ अध्यक्ष बडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तीमा परेकाहरुलाई सहयोग गरिएको जानकारी दिनुभयो ।