Loading... आजः सोमवार, साउन १८, २०७८
Trending

शिव परियारले गाए दीपा राईको मन छुने गीत

काठमाडौं । कवि तथा गीतकार दीपा राई पुनको कहीँ चोट बल्झिएको बेला म्युजिक भिडियो सार्वजनिक भएको छ ।
ललितपुरको बखुन्डोलस्थित दि इन्ट्रान्स क्याफेमा सार्वजनिक भएको सो गीतमा प्रशिद्ध सङ्गीतकार हरि लम्सालले सङ्गीत भरेका छन् भने आधुनिक गीत गायनको पर्याय शिव परियारले जीवन्त स्वर दिएका छन् ।

कार्यक्रममा तुलसी दिवस, मञ्जुल, श्रवण मुकारुङ, रमेश क्षितिज, मदन पुरस्कार विजेता राजन मुकारुङ, वरिष्ठ कथाकार एवम् माया ठकुरी, प्रशिद्ध नाट्यकर्मी अशेष मल्ललगायत युवा र स्थापित साहित्यकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिद्ध कवि श्रवण मुकारुङले दीपा राईको कविताजस्तै गीत पनि जीवनदर्शन र बाँच्ने उत्प्रेरणा जगाउने धारणा गर्नुभयो । त्यस्तै प्रशिद्ध कवि, गीतकार एवम् उपन्यासकार विप्लब प्रतीकले गीतकार राईको गीतले सामाजिकता, उत्तरदायित्व र जीवनप्रतिको प्रेमलाई उजागर गर्न सफल भएकामा खुशी व्यक्त गर्नुभयो ।

खगेन्द्र पान्ध्राक लिम्बूको निर्देशनमा बनेको म्युजिक भिडियोमा चर्चित मोडलद्वय एलिशा राई र निराजन प्रधानले जीवन्त अभिनय गरेका छन् । सो भिडियोमा मनु थक्लुङ र इनुमा राईले गेस्ट आर्टिस्टका रूपमा अभिनय गरेका छन् ।

भिडियो दीपा राई पुन युट्युब च्यानलमार्फत् सार्वजनिक भएको छ ।

भिडियो हेर्न को लागि तल क्लिक गरेर हेर्न सक्नुहुनेछ ।


error: Content is protected !!