Loading... आजः शनिबार, माघ ३, २०७७
Trending

समाचार लेखेर बेइज्जत गरेको भन्दै मुद्दा, अदालतद्धारा सफाइ

बर्दिबास। महोत्तरी जिल्ला अदालत जलेश्वरले बेइज्जती मुद्दामा आरोप लागेका ३ जनालाई बेइज्जती नठहरिने भन्दै मंगलबार साँझ मुद्दाको फैसला गरेको छ । गत वर्ष महोत्तरीको बर्दिबासस्थिति वडा नं–१ को वडा कार्यलयमा ८० वर्षे वृद्ध पूर्णबहादुर घिमिरेले कान्छो छोरा निर्मल घिमिरेलाई आफ्नो जिउनी दिइसकेपछि आफू र आफ्नो श्रीमतीलाई बेवास्ता गर्दै घरबाट निकालेको विषयलाई लिएर बर्दिबासको देउराली मावि का प्रधानाध्यापक केदारबहादुर कोइरालाको सहयोगमा मिति वि.सं २०७५ साउन १९ गते बाँचुञ्जेलसम्म खान लगाउन र सुरक्षित बसोबासको लागि वडा नं १ को वडा कार्यलयमा निवेदन दिएका थिए ।

सोही विषयलाई लिएर मधेशको पहिलो (क) वर्गमा पर्ने पत्रिका जनकपूर टुडे राष्ट्रिय दैनिक पत्रिकाका महोत्तरी संवाददाता निकेश खनालले छोराले हेला गरेपछि बाबुआमा न्यायको खोजीमा भन्ने समाचार मिति २०७५ साउन २५ गते छपाएका थिए ।

समाचार पत्रिकामा छापिएलगत्तै पूर्णबहादुरका कान्छा छोरा निर्मल घिमिरेले आफूलाई विद्युतीय सञ्चारमाध्यम प्रयोग गरी बेइज्जती गरेको भन्दै महोत्तरी जिल्ला अदालत जलेश्वरमा मिति २०७५ कार्तिक ८ गते खनालसहित मुद्दा ४ जना विरुद्ध मुद्धा दायर गराएका थिए ।

निर्मलले वडा नं १ का वडा अध्यक्ष चुडामणि पोखरेल (ऋषि) लाई वडा कार्यलयमै पत्रकार सम्मेलन गराइ निवेदन दर्ता गरेको फोटो खिच्न लगाई बेइज्जती गरेको, उनी स्वयमका माइला दाजु प्रेमकुमार घिमिरे र देउराली माविका प्रअ केदारबहादुर कोइरालालाई आफ्नो बुवालाई उस्काइ निवेदन दिन लगाएको र पत्रकार निकेश खनाल विरुद्ध मुद्दा दिएका थिए । उक्त मुद्दाअनुसार प्रतिवादीहरु मिति २०७५ पूस ११ गते महोत्तरी जिल्ला अदालत जलेश्वरमा हाजिर भएका थिए ।

चार जना विरुदमा परेको मुद्दामा पत्रकार निकेश खनाल, वडा अध्यक्ष चुडामणि पोखरेल ऋषी र शिक्षक केदार बहादुर कोइरालाले अधिवक्ता दिपक कुमार विश्वकर्मा र शंकरकुमार गुहाजूमार्फत संयुक्त रुपमा मुद्दा लडेका थिए भने निर्मलका दाजु प्रेमकुमार घिमिरेले अधिवक्ता उद्यव बहादुर क्षेत्री मार्फत अदालतमा उपस्थित भएका थिए ।

संयुक्त रुपमा लडेको मुद्दा विषयमा मंगलबार प्रतिवादी तर्फका अधिवक्ता दिपककुमार विश्वकर्मा र शंकर कुमार गुहाजुको बहस पछि न्यायधीश केशव बस्नेतको एकल इजलासले सफाई दिएको हो ।

रातो पाटी बाट

error: Content is protected !!