Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

उखरमाउलो गर्मीका बीच माइतीघरमा जे देखियो, १४ तस्बिरमा हेर्नुहोस्

काठमाडौं । बुधबार मध्यान्ह साढे १२ बजेको काठमाडौंको तापक्रम २९ डिग्रिसेल्सियसको हाराहारीमा छ ।

चर्को घामबीचको यो उखरमाउलो गर्मीमा हजारौं गुठीविधेयकका विरोधकर्ताहरु राजधानीको माइतीघरमा भेला भएका छन् । उनीहरुले गुठी विधेयक फिर्तामात्रै नभएर रद्द नै गर्नुपर्नेमा माग गरेका छन् ।

विभिन्न नाराअंकित व्यानर, आफ्नो संस्कृति झल्कने भेषभूषा र झाँकीसहित प्रदर्शनमा सहभागीहरुले गुठी विधेयकको विरोधमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रमको व्यानरमा माइतीघर मण्डलामा आयोजित खबरदारीसभा गुठी संघसंस्थासँग सम्बन्धित अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सभामा सहभागी गायक योगेश्वर आमात्य लगायतका केही व्यत्तित्वहरुले गुलावको फूल समेत बोकेर सहभागी भएका छन् ।

यसअघि शहरका विभिन्न भागबाट निकालिएको जुलुस माइतीघर मण्डलामा केन्द्रीत भएको थियो ।

राजधानीको बानेश्वर, बसन्तपुर, कुपण्डोल, पाटनलगायतका क्षेत्रबाट विशाल जुलुस निकालिएको हो ।

जुलुसमा सहभागिहरुले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्को नाराबाजी लगाएका थिए भने गुठी विधेयकको नाममा तलमाथि गरिए आफूहरुलाई मान्य नहुने कडा चेतावनी दिएका थिए ।

काठमाडौं–बुधबार मध्यान्ह साढे १२ बजेको काठमाडौंको तापक्रम २९ डिग्रिसेल्सियसको हाराहारीमा छ ।

बिशाल बिश्वोकर्मा