Loading... आजः आइतवार, बैशाख २६, २०७८
Trending

लोकसेवा आयोगले थप्यो फारम भर्ने म्याद (सूचनासहित)

काठमाडौं।  लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदहरुमा खुलाएको विज्ञापनको फारम भर्ने समायावधि थप गरेको छ । यसअघि मंगलबारसम्म फारम भर्ने समायवधि रहेकोमा एक साता थप गरिएको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै आगामी असार १० गतेसम्म फाराम भर्न सकिने जनाएको छ । यस्तै दोब्बर दस्तुर तिरेर १७ गतेसम्म फारम भर्न सकिने पनि आयोगले जनाएको छ ।

अनलाइन फाराम भर्ने उम्मेदवारको चाप अत्याधिक भइ सर्भरमा समस्या देखिएपछि आयोगले दरखास्त दिने समय थप गरेको हो ।

रातो पाटी बाट

error: Content is protected !!