Loading... आजः बिहिबार, बैशाख १३, २०८१
Trending

आइ हेइट यु विप्लब !

आइ हेइट यु विप्लब !
किनकी तिमी पनि उही ड्याङका मूला हौ !

श्रमिक र जनसाधारणलाई तर्सायौ
उनीहरूको शरीर र शान्ति, अमनचैनको हत्या गर्यौ
उनीहरूको भावना र महत्वाकाङ्क्षाको बलात्कार गर्यौ ।

आइ हेइट यु विप्लब जस्ट लाइक पप्रचण्ड
किनकी तिमीले पनि
ब्यापारीको ब्याज र भ्रष्टाचारीको सूद खायौ
उनीहरूको कालोधनको जगमा उभिएर
जनताको मनोबल र विश्वासमा बम हान्यौ !

तिम्रो बन्दूकले जनतालाई बुलेट

शोषकलाई फूल बर्साउँछ भने
आइ रिअल्ली हेइट यु
जति म
जनसत्ता ल्याउँछु भन्दै
एकल सत्ता ल्याउनेहरूलाई हेइट गर्छु
जति म
सुशासन ल्याउँछु भन्दै
कूल शासन बनाउनेहरूलाई हेइट गर्छु

भन तिम्रो बम र बिचारले
कालाव्यापारी, भ्रष्टाचारी, देशद्रोही,
नदी बेचुवा, सीमासारूवा
गोप्य सूचना चुहाउने राष्ट्रघातीको चिता कहिले सजाउँछ ?!

 रामगोपाल आशुतोष भक्तपुर