Loading... आजः मङ्लबार, कार्तिक २, २०७८
Trending

गौशालाबाट ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ

५ जेठ, काठमाडौं । राजधानीको गौशालाबाट करीब ३५ लाख नगदसहित हुण्डी कारोबारी पक्राउ परेका छन् ।

गौशालास्थित गणेशस्थानबाट ३४ लाख ८९ हजार ३०० रुपैयाँसहित सोलुखुम्बु अर्जुन राई, सुलिन राई तथा सुनसरीका जगत खड्का पक्राउ परेको महानगरीय प्रहरी बृत्त गौशालाका डीएसपी सुनील मल्लले जानकारी दिए ।

अवैध हुण्डीको कारोबार हुने गरेको गोप्य सुचनाको आधारमा डीएसपी मल्लकै नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!