Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

मुम्बइले जित्यो आईपीएल उपाधि

 

३० वैशाख,हैदरावाद । मुम्बई इन्डियन्सले आइतबार इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को उपाधि जितेको छ । मुम्बईले अन्तिम बलमा डिफेन्डिङ च्याम्पियन चेन्नाइ सुपर किंग्सलाई १ रनले पराजित गर्दै उपाधी जितेको छ। श्रीलंकाली बलर लसिथ मलिंगाले अन्तिम ओभरमा घातक बलिङ गरे र चेन्नाइलाई निश्चित देखिएको जितबाट रोके ।

आईपीएलको उपाधि मुम्बइले चौथोपल्ट जितेको हो। जितको अगाडि चेन्नाइका सेन वाट्सनको अर्धशतक ओझेलमा परेको थियो। वाट्सनले ८० रन बनाए र टिमले २० ओभर ७ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो। वाट्सनले ५९ बलको सामना गर्दै ८ चौका र ४ छक्का प्रहार गरे र रनआउट भए। चेन्नाइले अन्तिम बलमा दुई रन बनाउनुपर्नेमा त्यसलाई हात पार्न सकेन।

चेन्नाइलाई प्रारम्भिक ब्याट्सम्यान जोडी फाफ डे पलेसिस र वाट्सनले अपक्षित सुरुआत दिलाए। उनीहरूले आक्रामक ३३ रनको साझेदारी गरे। दक्षिण अफ्रिकी ब्याट्सम्यान डे पलेसिसले २६ बलमा ३१ रन बनाए। कप्तान महेन्द्रसिंह धोनी इशान किशनको थ्रोमा रनआउट भएपछि खेलमा रोमाञ्चकता थपिएको थियो। टिमका लागि सुरेश रैना र अम्बाती राइडुले खासै गतिलो योगदान दिन सकेनन्।

यसअघि मुम्बईले पहिले ब्याटिङ गर्दै ८ विकेटमा १ सय ४९ रन बनायो। चेन्नाइका बलरको कसिकसाउ बलिङ अगाडि मुम्बईका अधिकास ब्याट्सम्यानले राम्रो सुरुआत लिएपनि त्यसलाई बलियो स्कोरमा परिणत गर्न सकेनन्। मुम्बईका लागि छैटौं क्रममा ब्याटिङ गर्न आएका वेस्ट इन्डिज ब्याट्सम्यान किरोन पोलार्डले सर्वाँधिक ४१ रन बनाए र नटआउट रहे। उनले ३ चौका र ३ छक्का प्रहारगरे।

त्यस अगाडि प्रारम्भिक ब्याट्सम्यान क्विन्टन डे ककले २९ रन बनाए। दक्षिण अफ्रिकी ब्याट्सम्यानले पहिलो विकेटका लागि कप्तान रोहित शर्मास“ग ४५ रनको सोझदारी गरेपछि टिमले त्यसको फाइदा लिन सकेन्। मुम्बइका लागि इशान किसनले २३ रन बनँए। चेन्नाइका तर्फबाट दीपक चहारले २६ रनमा ३ विकेट लिए। यस्तै इमरान ताहिर र सारदुल ठाकुरले २/२ विकेट लिए।

कान्तिपुर खबर