Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सरकारलाई महतोको प्रश्न- ‘के भाङ खाएर नीति तथा कार्यक्रम लेखेको हो ?’

२२ वैशाख, काठमाडौँ । राजपाका नेता तथा सांसद राजेन्द्र महतोले सरकारको नीति तथा कार्यक्रममा आफ्नो संशोधन प्रस्तुत गर्दै ‘सरकारले भाङ खाएर लेखेको हो ?’ भनी प्रश्न गरेका छन् ।

उनले नीति तथा कार्यक्रममा संविधानमा कुनै पनि विमती नरहेको उल्लेख भएको प्रति आपत्ति जनाउँदै सरकारको आलोचना गरेका थिए।

‘हामीले संविधान जारी भएको दिनदेखि यसमा विमती जनाइरहेका छौं,’ उनले भने, ‘अहिले सरकारले कसैको विमती नै छैन भनेर उल्लेख गरेको छ। के यो स‌ंविधानलाई गीता, कुरान वा बाइबल जस्तो अकाट्य बनाउन खोजेको हो? त्यो बनाउन खोजेको हो भने यो स‌ंविधान पनि बाई बाई भइहाल्छ।’

महतोले यो संविधानमा सम्पूर्ण रुपमा सहमति नरहेको बताउँदै यसलाई संशोधन गर्नुको साटो अहंकारका कारण सबैजना संविधानमा सहमत भएको बताइएको दाबी गरे।

कान्तिपुर बाट