Loading... आजः आइतवार, अशोज ३, २०७८
Trending

मे डे कर्मकाण्डी कि वास्तविकता ?

सामान्यतया शारीरिक र मानसिक मिहिनेत गरेवापत ज्याला प्राप्त हुन्छ भने त्यस्तो मिहिनेतलाई श्रम भनिन्छ । मार्सलका अनुसार्र व्यक्तिले आफ्नो हात अथवा टाउको द्धारा कुनै वस्तु प्राप्त गर्ने उद्देश्यले सम्पन्न गर्ने प्रयत्नलाई श्रम भनिन्छ ’। परिभाषाबाट स्पष्ट हुन्छ की श्रम कुनै पनि मानिसको क्रियाशिलता हो जसबाट उसले आफ्नो दैनिकी जिवनयापन गर्न सक्दछ । जिवनयापन सवैको पहिलो आवश्यक शर्त हो । जिवनयापन हुन सकेन भने व्यक्तिका लागि अन्य के नै वाकी रहन्छ र ! यस संसारमा जति पनि सृष्टि भएका छन सबैका आ आफ्ना जीवन शैली र बाँच्ने आधारहरु छन्। श्रम त्यस्तो चिज हो जसले जिउनुको सार्थकता पहिल्याउँछ । आज संसारका प्रत्येक संयन्त्रहरु श्रम रुपी यन्त्रहरुबाट चलायमान रहेका छन् । श्रम विनाको विकास त सम्भव नै छैन भने विकास विना श्रम पनि बाँच्न सक्दैन। श्रम के का लागि ? उत्पादनका लागि,उत्पादन के का लागि ? मानविय आवश्यकता परिपूर्ति का लागि । परिकल्पना गरौँ मानविय आवश्यकता पुरा भएन भने हालत के होला । उठाउन खोजेको सवाल भनेको श्रमको महत्व नै हो ।

आठ घण्टा काम आठ घण्टा आराम आठ घण्टा मनोरञ्जन भन्ने नारामा मात्र सिमीत मे १ ले के साँच्चै मा आम मजदुरको चेहेरामा उज्यालोपन ल्याउन सकेको छ त ? कि रुन्चे हाँसोमा विवस हो ? प्रश्न गम्भिर छ । मलाई लाग्छ आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको नाराले एउटा मजदुरको हरेक पक्षलाई उजागर गरेको छ । पहिलो आठ घण्टा काम अर्थात रोजगारीको अवसर के सवैले पाएका छन् ? काम मर्यादित छ या छैन । कार्यस्थल सुरक्षित हो या होइन । आवश्यक सेवा ,  औषधोपचार, वृत्तिविकासको संभावना वोकेको छ या छैन । उत्पादनमुखी हो की होइन आदि प्रश्न उठ्दछ । दोश्रो आठ घण्टा आराम अर्थात कुनै मजदुरको मनमा शान्ति हुन्छ या हुदैन यदि व्यक्ति हरेक अभावले आक्रान्त भएमा कसरी शान्ति प्राप्त गर्नसक्छ र उसले आरामको अनुभव प्राप्त गर्न सक्छ त्यसको विचार गर्न आवश्यक हो की होइन यो सोचनिय हुन्छ । तेश्रो आठ घण्टा मनोरञ्जन अर्थात खुसीयालीका लागि पनि आवश्यकताहरु पुरा हुनै पर्यो। भारी मनले कसैले मनोरञ्जन त लिन सक्दैन । पूर्ण मनोरञ्जनमा लाग्नाका लागि कुनै पनि व्यक्ति आर्थिक,शारिरीक, सामाजिक तथा संवेगात्मक अवस्थाले पूर्ण हुनुपर्यो । अव हाम्रो कामले त्यो अवस्था सिर्जना गरेको छ की छैन ? सरसर्ती हेर्दा उल्लेखित आठ घण्टे काम,आराम र मनोरञ्जनले एउटा व्यक्तिलाई उसको शारीरिक,मानशिक, आर्थिक, सामाजिक र साँस्कृतिक विकासका लागि अत्यन्तै विज्ञान सम्मत वातावरणको निर्माण गर्दछ । तर हाम्रो सवालमा के अगाडि उल्लेखित यावत प्रश्नहरुको जवाफ सहज रुपमा प्राप्त हुन सकेको छ । एउटा व्यक्तिको आम सन्तुष्टी नै उसको सुखमय जिवनको आधार हो । एउटा श्रमिक जव सुखी र खुसी रहन सक्दैन तब उ संलग्न रहेको परिवार, समाज, राष्ट्र कुनै पनि वास्तविक रुपमा सकारात्मक गतिशिलतामा रहन सक्दैन । जुन देशका श्रमिक सुखी र खुसी छन त्यस देश पक्कै पनि विकासको परिदृश्यमा अग्र स्थानमा देखिन्छ । HDI Index र खुसी सुचकको आधारमा उच्चतम अंक हासिल गर्ने राष्ट्रहरु नै विकास र सम्वृद्धिका हिसाबले पहिलो पक्तिमा रहेका छन् । यसरी हेर्दा हाम्रो देशको श्रमिकको अवस्था के छ त्यसको लेखाजोखा आवश्यक हो या होइन ? नारामा उल्लेखित कुराहरु वास्तविक अवस्थामा व्यवहारिकतामा लागु छ कि छैन ? छैन भने हाम्रा ट्रेड युनियनहरुको प्रयास के हो ? मात्र दिवसलाई दिवसको रुपमा मात्र लिने कि त्यसको मर्मलाई आत्मसाथ गर्ने ? श्रम र उत्पादनलाई कसरी कसिलो सँग जोड्ने ताकी परिश्रमको स्वास भनेकै उत्पादन हो जुन सेवा क्षेत्र,औपचारिक वा अनौपचारिक जुन कुनै किसिमको श्रम किन नहोस । दिगो र परिणाममुखी प्रतिफल प्राप्तिका लागि स्थापित ट्रेड युनियनहरु कतै चुकिरहेका हुन की ? यसका वारेमा विश्लेषण आवश्यक रहन्छ । अठारौँ शताब्दीमा वेलायतमा सुरु भएको औधोगिक क्रान्तिको सफलता पश्चात ट्रेड युनियन अधिकारको सुरुवात भएको हो । त्यस आन्दोलनले परम्परागत उत्पादन शैलीमा व्यापक परिवर्तन ल्याई विश्व भरि नै औधोगिक क्षेत्रमा गुणात्मक  परिवर्तनहरु ल्याएको पाइन्छ । श्रमका प्रमुख तीन पक्षहरु मजदुर,मालिक र उत्पादन बिचको धेरै लामो रस्सा कस्सी पश्चात मात्र सुरुमा केही अधिकार हरु प्राप्त गरि क्रमश विभिन्न अवस्थाका थप अधिकारहरु प्राप्त भएका थिए । स्मरणीय के हो भने त्यसवेला पनि मजदुर र मालिक संगै उत्पादनको मुद्धालाई पनि महत्वका साथ राखिएको थियो । अहिलेको अवस्थामा विभिन्न देशको राजनैतिक व्यवस्था परिवर्तन संगसंगै ट्रेड युनियन अधिकारका विषयमा पनि परिवर्तनहरु हूँदै आएका छन् । विश्वभरि नै प्रजातान्त्रिक शासन व्यवस्थाको प्रभाव र विश्व भुमण्डलीकरणले गर्दा आज सबै मजदुरहरुको एउटै छाता संगठन अन्तराष्ट्रिय ट्रेड युनियन महासंघ स्थापना भएको अवस्था छ । संयुक्त राष्ट्र संघको विशिष्टिकृत संस्थाको रुपमा ILO विद्यमान छ । यो अवस्था सम्म आइपुग्दा विश्व ट्रेड युनियन आन्दोलनको सफलता भन्न सकिन्छ । तर विडम्बना आज पनि हाम्रो जस्ता अल्पविकसित देशमा ट्रेड युनियन अधिकार आवश्यकता अनुसार प्राप्त गर्न नसक्नु अत्यन्तै दुखद रुपमा रहेको छ । श्रमको विकास नभएसम्म देशको विकास सम्भव छैन। त्यसको चेत यहाँको सरकार तथा विभिन्न ट्रेड युनियन महासंघमा आवद्ध नेतृत्वहरुलाई समेत परेको देखिदैन । एकतामै बल हुन्छ भन्ने आर्दशमा मात्रै सिमित राखिएको अवस्थाहरु विद्यमान देखिन्छ । हाम्रो जस्तो प्रतिव्यक्ति आय कमजोर भएको मुलुकमा धेरै अधिकारको मुद्धालाई सिमित व्यक्तिले आर्थिक लेनदेनमा समाप्त पार्दछन् भन्ने गुनासो पनि सुन्ने गरिन्छ । वास्तवमा मजदुर संगठन श्रमिक मैत्री हुनु पर्ने र हर हमेसा मजदुरको हक अधिकार तथा सिप विकासमा क्रियासिल हुनुपर्ने अवस्थामा नेतृत्व तहमा अनुसासनको कमी,गुट गत स्वार्थ,नातावाद,कृपावाद शक्तिको दुरुपयोग र स्पष्ट दृष्टिकोण नभएका नेतृत्वका कारण नेपालको ट्रेड युनियन आन्दोलन झन धरासायी हुँदै गएको आभाष आम रुपमा देख्न सकिन्छ । नेतृत्वको इमान्दारिता र स्पष्ट खाका नै एउटा आन्दोलनको सबै भन्दा मुख्य पक्ष हो । मजदुर नेताहरु मालिक नेतामा परिणत हुदै विभिन्न अन्तराष्ट्रिय संघ सस्थाका सेमिनार,गोष्टी,वैदेशिक शयर गर्दै मजदुर उत्थानका लागि तुलनात्मक रुपमा आर्थिक सम्पन्नता भएका मुलुकहरुबाट पठाइएका केहि थान डलरहरुमा रमाउने प्रकृतिले मात्र वास्तविक रुपको व्यवहारमा सकारात्मक परिवर्तन सम्भव छैन । त्यसका लागि सम्बन्धित पक्ष जिम्मेवार बनौ केही परिणाम अवस्य आउला । निरासा व्याप्त छ । कतिपय अवस्थाको नेतृत्वको कार्यशैली अभद्र छ । गतिहिनता छ तर आश नै मार्ने ठाउँ भने अवस्य छैन । हामी विभिन्न दिवसहरु मनाउछौँ । दिवस एक दिन मनाउनु मात्र महत्वपूर्ण पक्कै होइन बरु त्यस दिवसको महत्व र त्यसको व्यवहारिक प्रयोग हेरौ तब मात्र दिवस मनाउनुको सार्थकता पाउछौ । हामी कहाँ धेरै समस्याहरु छन् त्यसको कार्यमुलक अनुसन्धान (Action Research) गरौँ र तत्काल समस्या समाधानमा जाऔ अवस्य केही प्रतिफल प्राप्त हुन्छ । धेरै वहस र छिनझपटी भन्दा पनि तथ्यगत र वस्तुगत अवस्था मुल्याङ्कन गरी सुधारतर्फ अघि बढौ । हाम्रो सामुहिक स्वार्थ भनेकै हामी मजदुरको हक अधिकार हो । त्यसका लागि एकजुट होऔ त्यसपछि मात्र आफ्ना वैचारिक भिन्नताहरु तर्फ लागौ ताकी एकताबद्ध र संगठित स्वरले मात्र मालिक पक्ष वा सरकारको कानमा बतास लाग्छ र केही प्राप्ति हुन्छ । संझौता मात्र होइन त्यसको कार्यान्वयनमा जोड दिनु आवश्यक छ । वस्तुगत अवस्था र दिगोपनलाई ख्याल गरि उत्तेजनामा नभई शालिनतापूर्वक मष्तिष्क मन्थन गरि योजना निर्माण र कार्यान्वयन गरौँ । श्रम ऐन, २०७४ मा उल्लेखित १८३ दफाहरु पर्याप्त छन कि छैनन त्यसको विश्लेषण गरौं। Right man right place लाई ध्यान दिऊ । मजदुरलाई प्रयोगका साधनका रुपमा मात्र नलिऊँ । मजदुर नेता वास्तविक मजदुरकै नेतृत्वमा रहेको आवास दिलाउ । होइन भने सुकुलगुन्डे शैलीमा कुनै दिवस मनाउनुको केही अर्थ रहदैन । सबैलाई बाहिर देखाउनका लागि मात्र केहि तामझामको कुनै गुञ्जायस रहदैन यदि त्यस भित्रको मर्म बुझिन्न भने । कर्मकाण्डी होइन वास्तविकतामा टेकेर साँच्चै मे डे मनाउनुको मज्जा आम नेपाली मजदुर वर्गमा पुग्न सकोस आगामी मजदुर दिवसहरुमा पक्कै केही सुधारहरु यस क्षेत्रमा देख्न पाइयोस शुभकामना पनि ।
                                                                 

लेखक लिला नाथ चौलागाई ट्रेड युनियन आन्दोलनमा आवद्ध छन ।

error: Content is protected !!