Loading... आजः बुधबार, साउन २०, २०७८
Trending

भट्टेडाँडामा जीप दुर्घटना, तीनको मृत्यु, एकजना गम्भीर

ललितपुरको बागमती गाउँपालिका–३ भट्टेडाँडा नयाँगाउँमा सोमबार राति बोलेरो जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना जना घाइते भएका छन्। मृत्यु हुनेमा चालक विशाल तामाङ, भट्टेडाँडाकै १७ वर्षीया सुनिता लोप्चन र १८ वर्षीया सरिता मोक्तान रहेको ललितपुर प्रहरीले जनाएको छ। बा ५ च ५६९६ नम्बरको बोलेरो राति साढे ९ बजे सडकबाट खसेर थियो। दुर्घटनामा गम्भिर घाइते भएका मकवानपुरका रमेश तामाङको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर जावलाखेलका प्रहरी नायव उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

Thaha khabar

error: Content is protected !!