Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

राष्ट्रपति भण्डारी व्यवसायिक भेटघाटमा

१५ वैशाख,  काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज बेइजिङ्गमा चाइना कमरसियल स्टक इन्टरप्राइजेजको संयुक्त आर्थिक समितिका अध्यक्ष वाङ फुकिङ तथा चीन–नेपाल आर्थिक तथा व्यापार मञ्चका प्रमुखले भेटवार्ता गर्नुभयो । त्यस अवसरमा राष्ट्रपति भण्डारीले वैदेशिक लगानीका लागि नेपालमा अनुकूल वातावरण भएकाले नेपालमा लगानी गर्न आग्रह गर्नुभयो । भेटमा चीनीया पक्षले नेपाल-चीन आर्थिक तथा व्यापार मञ्चमा आपसी व्यापार, दुई मुलुकबीच सहयोग र लगानीका विषयमा छलफल हुने जानकारी गरायो । भेटका अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ३ नं प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल, चीनका लागि नेपालका राजदूत लीलामणि पौडेल, नेपालका लागि चीनका राजदूत होउ याङची, नेपाल सरकारका उच्चअधिकारी तथा निजी क्षेत्रका प्रतिनिधि पनि सहभागी हुनुहुन्थ्योे ।