Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

अनाथ आश्रम निर्माण गरिरहेका केपिको टोलिलाइ अहिलेसम्मकै ठूलो सहयोग प्रदान

५ वैशाख, काठमाडौं ।“म बदलिन्छु अनि मेरो देश बदलिन्छ भन्दै” फ़ोहोर नगर्ने प्रतिज्ञा सहितको सरसफाइ अभियान चलाएर एकाएक चर्चामा आएका देशका कान्छा सामाजिक अभियान्ता केपि खनाल अहिले देशको बिकट जिल्ला बाजुरामा अनाथ बालगृह निर्माण गर्ने अभियानमा छन् । उनको अनाथ बालगृह अब करिव अन्तिम चरणमा पुगिसकेको छ ।

यसैबीच  बुधबार  “सके हजार नसके प्रचार”  अभियान संचालन गरेर देशको बिकट जिल्ला बाजुरामा अनाथ आश्रम निर्माणगरिरहेका १८ बर्षिय किशोरको टोलिलाइ आज सहयोग आउने क्रममा अर्घाखाँची जन्म भई हाल काठमाडौ क्षेत्रपार्टि बस्नुहुने सुशिला बस्याल ज्युले रु.१,२५,०००/- रकम हस्तान्तरण गर्नुभएको छ । यति सानै उमेरका यस्तो माहान कार्य गरेको भन्दै मैले हौसला दिन यो सहयोग गरेको उहाले बताउनु भएको छ ।

कान्छा अभियान्ता केपि खनालले  कैलाली लगायतका देशका विभिन्न स्थानमा पनि सरसफाई अभियान चलाएका छन् । ‘म बदलिन्छु मेरो देश बदलिन्छ’, ‘दशा लागेकालाई यो दशैं’, ‘भोकै छ जुम्ला’ लगायतका अभियान सञ्चालन गरेर खनाल सामाजिक कार्यमा सक्रिय रहेका छन्। उनका सामाजिक कार्यमा तपाई पनि संलग्न र सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क गर्न सक्नुहुन्छ ।

सहयोगका लागि

नाम्:- केपी खनाल

सम्पर्क नं :- ९८४८४५२०३१

बैंक:- एनआईसी एसिया बैक लि.

खाता नम्बर:- ४९८७७७१४१०५२४००१