Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

जुट्यो केपिको टोलि सरकारी अस्पतालको शौचालय सफाई गर्न ?

३ वैशाख, काठमाडौं । “म बदलिन्छु अनि मेरो देश बद्लिन्छ”  भन्ने भावका साथ सुरुभएको क्लिन काष्ठमण्डप अभियानले विश्वका रहेक कुनामा बस्ने नेपालीहरुलाई एक बेग्लै छाप पार्न सफल भएको अभियान हो । एक १८ बर्षिय किशोर केपि खनालको नेतृत्वमा सुरुवात भएको यो अभियान फ़ोहोर नै नगर्न अनुरोध गर्ने अभियान हो तर नयाँ बर्षको सुरुवात सङगै यो टोलिले अरुभन्दा फरक कार्य गर्न सुरुवात गरेको छ जुन सरकारी निकायको शौचालयमा हुने फ़ोहोर माथि आँखा लगाएको छ् । यसै बिच बुधबार राती करिव १० बजे तिर केपि खनालको टोलिका बालाजुबाट सचिन पाण्डे, अर्जुन पोख्रेल, चक्रपथबाट बिष्णु सुवेदी, रातोपुलबाट रुपेश शाह, विशाल श्रेष्ठ, ठमेलबाट अनिश धिताङ्ग सहितको टोलि कान्ति बाल अस्पताल भित्र छिरेर एक घण्टा सम्म शौचालय भित्र छिर्नै नसक्ने अवस्थालाई पसिना निकालेर सफाइ गरेका थिए, सफाइ गरिसकेपछि उनीहरुको एउटै शब्द थियो कि परिवर्तन आफै बाट् गरौं जहाँ हुनुहुन्छ त्यहीबाट सफाइ गरौं साथै सरकारी अस्पतालको यो हालत देखेर निकै दुखी भएको बताउदै अभियान जारी राख्ने बताएकाछन् ।

हेर्नुहोस कान्ति बाल अस्पतालको शौचालयको हालत !

https://www.facebook.com/Kepikhanal/videos/2525918950968635/