Loading... आजः बिहिबार, कार्तिक २२, २०८१
Trending

चाबहिल–साँखु सडकः बर्खामा हिलो, अहिले धूलो

२१ चैत, काठमाडौं । चाबहिल–साँखु सडकखण्ड निर्माणमा बिलम्व हुँदा सर्वसाधारणले सास्ती पाएका छन् । बर्खामा हिलाम्य यहाँको सडक अहिले धूलोको साम्राज्यले कुहिरीमण्डल बनेको छ ।चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । तर चुच्चेपाटीदेखि बौद्धको टुसालसम्म ५ सय मिटर र थलीको ओरालोमात्र कालोपत्र भएको हो । बाकीँ पुरै सडक कच्ची छन् ।सडक निर्माणका लागि ल्याइएको गिट्टी सडकको बीच भागमा राखेकाले यो खण्डमा सवारीसमेत जाम हुने गरेको छ । जामले अस्तव्यस्त बनेको सडक सञ्चालनमा ल्याउने काम गर्दै आएका ट्राफिक प्रहरी पनि धूलोको चपेटामा पर्दै आएका छन् ।२०७२ बाट सडक बनाउने भन्दै बाटो भत्काउन थालेपछि सडक साँघुरा भएका छन् । सडकको क्षमताभन्दा सवारीसाधनको चाप धेरै छ । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत ट्राफिक प्रहरी बिलकुमार राई भन्छन्, ‘ ‘मास्क लगायो केही समयमै सिटी फुक्नका लागि खोल्नुपर्छ । फिल्टर भएको मास्क भए पनि सवारीसाधनले उडाउने अत्यधिक धुँवाधुलोे सजिलै मुखभित्र छिर्छ ।’ सरकारले वर्षमासमयमै बाटो कालोपत्र भए सबैलाई सजिलो हुने उनको भनाइ छ ।ठेकेदारलाई सडकबारे ध्यानाकर्षण गराएँ पनि सुन्ने नगरेको गुनासो ट्राफिक प्रहरीको छ ।सरकारले विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्डको निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले अहिले धमाधम सडक विस्तार गरिरहेका छन् । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले उक्त सडकखण्ड छिटोभन्दा छिटो निर्माण हुने बताए पनि सडक निर्माणले कहिले पूर्णता पाउँछ भन्ने अझै टुङ्गो छैन ।