Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

एएफसी कप : मनाङ र अबहानी भिड्दै

२० चैत, काठमाडौं । घरेलु टोली मनाङ मर्स्याङ्दी क्लबले एएफसी कप अन्तर्गत समूह ‘ई’ को आफ्नो पहिलो आज बंगलादेशको ढाका अबहानीविरुद्ध खेल्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा दिउँसो तीन बजे मनाङ र अबहानीबीच प्रतिस्पर्धा हुन लागेको हो ।

नेपालको ए डिभिजन लिग च्याम्पियन मनाङ अबहानीलाई पराजित गर्दै सुखद सुरुवात गर्नेर् लक्ष्यमा छ । अबहानी पनि घरेलु टिमलाई पराजित गर्दै जित निकाल्ने लक्ष्यमा छ ।

हुन त, अबहानी बलियो टिम हो । राष्ट्रिय टिमका सात जना खेलाडी अबहानीको टिममा छन् । मनाङ पनि कमजोर टिम भने होइन । मनाङको फरवार्ड र मिडफिल्डभन्दा पनि डिफेन्स बलियो भएको र अबहानीविरुद्ध स्पष्ट जित हात पार्ने दाबी प्रशिक्षक छिरिङ लोप्साङले गरेका छन् ।

होम एन्ड अवेको आधारमा हुने छनोटको समूह ‘ई’ मा मनाङसँगै, बंगलादेशको ढाका अबहानी, भारतका दुई क्लब मिनर्वा पञ्जाब र चेन्नाईयीन रहेका छन् ।