Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

विप्लव समूहका दुई विद्यार्थी नेता पक्राउ

१८ चैत, पोखरा । कास्की प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ को नेकपा समूह निकट २ विद्यार्थीलाई सोमबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा क्रान्तिकारी विद्यार्थी संगठनका पिएन क्याम्पस संयोजक प्रकाश बास्तोला र विद्यार्थी नेता उज्वल पुन छन् ।

विद्यार्थी संगठनले पृथ्वीनारायण क्याम्पसमा सरकारले गरेको प्रतिबन्ध र पार्टीका नेता तथा कार्यकर्ता पक्राउको विरोध प्रदर्शन गरेका थिए ।

प्रहरीले प्रदर्शनस्थलमा भिडियो खिच्न पुगेका नेपाल पत्रकार महासंघ कास्कीका निवर्तमान उपाध्यक्ष राजेन्द्र अधिकारीलाई समेत नियन्त्रणमा लिएको थियो । तर उनलाई केही समयपछि रिहा गरेको एसपी ओम रानाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । सरकारले ‘विप्लव’ समूहमा प्रतिबन्ध लगाइसकेपछि उनीहरुको गतिविधिमा रोक लगाउन कास्की प्रहरीले प्रदेश र जिल्ला समूहका कार्यकर्तालाई नियन्त्रणमा लिइरहेको छ ।