Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

बारा र पर्सामा चिकित्सकको अभाव भयो : मन्त्री सोनल

घरबारविहीन भएकाहरुलाई गासबासको संकट

१८ चैत, जनकपुरधाम । प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा र पर्साका अस्पतालहरुमा चिकित्सकको अभाव खड्किएको बताएका छन् ।

सोमबार बिहान अनलाइनखबरसँग कुरा गर्दै मन्त्री सोनलले भने, ‘अस्पतालमा घाइतेहरु छटपटाइरहेका छन् । यहाँ डाक्टरहरुको ठूलो अभाव खड्किएको छ, त्यसैले तत्कालै चितवनबाट हुन्छ कि काठमाडौंबाट हुन्छ, चिकित्सकहरुको टोली आइदिनुपर्‍यो ।’

आइतबार राति आएको आँधीहुरीका कारण बारा र पर्सामा ३१ जनाको मृत्यु हुनुका साथै ४ सयभन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

सैयौंको संख्यामा घाइतेहरुलाई कलैया र वीरगञ्जका अस्पतालहरुमा पुर्‍याइएको छ । घाइतेको अवस्थाबारे जानकारी दिँदै मन्त्री सोनलले अनलाइनखअबरसँग भने, ‘मृत्यु हुनेहरुको त भइहाल्यो, तर, अस्पतालहरुमा छटपटाइरहेका घाइतेको अवस्था दर्दनाक छ, गाउँमा अझै कतिपय घाइतेहरुको उद्धार हुन बाँकी छ । औषधि र चिकित्सकको ठूलो अभाव खड्किएको छ ।’

तत्कालै गर्नुपर्ने काम चिकित्सकको अभाव पूर्ति गर्नु रहेको बताउँदै मन्त्री सोनलले आँधीको चपेटामा परेर घरबार गुमाएकाहरुको खानपिन र बासका लागि सहयोगका हातहरु जरुरी रहेको बताए ।

मन्त्री सोनलले अनलाइनखबरसँग भने, ‘आँधीका कारण मानिसहरुको बास छैन, प्रदेश सरकारले गर्ने निर्णय त गरियो, तर अन्यत्रबाट पनि सहयोगको हात बढाउन जरुरी छ ।’