Loading... आजः मङ्लबार, माघ १३, २०७७
Trending

कपिलवस्तुमा गोली प्रहार गरी १ जनाको हत्या

१८ चैत, बुटवल । अपरिचित व्यक्तिको गोली प्रहारबाट कपिलवस्तुको कृष्णनगरमा १ जनाको मृत्यु भएको छ ।

कृष्णनगर नगरपालिका–१० विद्यानगरका ४५ वर्षीय पारस पुरीको गएराति गोली लागेर मृत्यु भएको हो ।

आफ्नो घर नजिकै बसेका बेला पुरीमाथि मोटरसाइकलमा आएका व्यक्तिले ९ बजेतिर गोली प्रहार गरेर भागेका थिए । छातीमा गोली लागेर गम्भीर घाइते बनेका पुरीको उपचार क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक अच्युतम् पुडासैनीले बताए ।

मृतक पुरी वैदेशिक रोजगारीमा मान्छे पठाउने एजेन्टको काम गर्दै आएका थिए । पुरीमाथि गोली हान्नेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

error: Content is protected !!