Loading... आजः सोमवार, जेष्ठ ३, २०७८
Trending

हावाहुरी प्रभावितको उद्दारका लागि हेलिकोप्टर तयारी अवस्थामा

१७ चैत, काठमाडौं । हावाहुरीले बारासहितका जिल्लामा ठूलो क्षति भएपछि सरकार उद्दारमा जुटेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्दारमा जुट्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मीसँग उद्दारमा संलग्न हुन पार्टीपंत्तिलाई पनि आह्वान गरेका छन् ।

उनका अनुसार काठमाडौंको एयरबेसमा नाइट भिजन हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।  विहानबाट आवश्यक उद्दार र राहतका लागि हेलिकोप्टर तयारी अवस्थामा छ ।

error: Content is protected !!