Loading... आजः बिहिबार, बैशाख २०, २०८१
Trending

नेपालमा एक अर्ब ३५ करोड डलर लगानी गर्ने आइएफसीको घोषणा

चैत १६, काठमाडौं ।  अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले एक अर्ब ३५ करोड डलर नेपालमा लगानी गर्ने जनाएको छ। नेपाल लगानी सम्मेलनमा सहभागी हुन आएका आइएफसी उपाध्यक्ष पिटर लेन्क्सले एक अर्ब ३५ करोड लगानी गर्ने योजनामा रहेको प्रतिक्रिया दिएका हुन्।  उनले यो लगानीको लागि आइएफसीको बोर्ड स्वीकृति आवश्‍यक रहेको बताएका छन्। उपाध्यक्ष लेन्क्सकाअनुसार अहिलेसम्म आइएफसीले नेपालमा ५० मिलियन डलर लगानी गरेको छ। उनले नेपालमा लगानी गर्न आइएफसी उदार भएको बताउँदै नेपालको निजी क्षेत्रलाई समेत तयार हुनको लागि आग्रह गरे।  उनले निजी क्षेत्रलाई प्रतिस्पर्धामा आउनका लागि समेत आह्वान गरेका छन् ‘निजी क्षेत्र प्रतिस्पर्धामा आउनुपर्छ, आफ्नो बजारलाई बन्द गर्नु भएन,’ लेन्क्सले भने,’ नेपालको निजी क्षेत्रले सामाजिक र पर्यावरणीय मानकलाई मान्नुपर्छ।’ एक डलर बराबर १०० रुपैयाँ आधार मान्दा यो रकम एक खर्ब ३५ अर्ब हुन आउँछ। अहिले भने एक डलर बराबर ११० रूपैयाँ रहेको छ।