Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

प्रदेश २ को एसईई परीक्षा स्थगित गर्ने सरकारको निर्णय

१५ चैत, काठमाडौं । सरकारले प्रदेश २ को एसईई परीक्षा स्थगित गरेको छ । अन्यत्र भने परीक्षा हुनेछ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रीको अनुरोधलाई ध्यानमा राखेर प्रदेश २ मा चैत २१ चैतसम्मका सबै परीक्षा रद्द गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले बताए ।

प्रदेश २ मा विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएपछि शिक्षा मन्त्रालयले २१ गतेसम्मका सबै परीक्षा स्थगित गर्न भनेको हो । परीक्षा तालिका पछि प्रकाशित हुनेछ ।

भइसकेको परीक्षा भने रद्द नहुने मन्त्री पोखरेलले बताए । २२ गते तोकिएको विज्ञान विषयको परीक्षा पनि सञ्चालन हुनेछ ।

प्रदेश २ मा २६२ परीक्षा केन्द्र छन् भने ७० हजार ५६८ परीक्षार्थी छन् ।