Loading... आजः शनिबार, मंसिर ११, २०७८
Trending

ढुक्क भएर लगानी गर्न लगानीकर्तालाई सरकारको अपिल

१५ चैत, काठमाडौं ।  सरकारले लगानीकर्तालाई ढुक्क भएर लगानी गर्न आश्वान गरेको छ । लगानी सम्मेलनको उदघाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ‌‌ओलीले नेपाल लगानीको उत्कृष्ट गन्तव्य भएको दावी गर्नुभयो । उहाँले नेपालमा लगानी गर्नेहरुले अहिलेसम्म राम्रो प्रतिफल पाएको र सरकारले लगानी संरक्षण तथा प्रतिफल फिर्ता लैजान पाउने अधिकारलाई सुनिश्चित गरेको बताउनुभयो ।

पूर्वाधार विकासमा सरकारको मात्र नभएर निजी क्षेत्रको पनि लगानी आकर्षित गर्ने ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले लगानीकर्ताले परियोजना कार्यान्वयन गर्दा आउने व्यवहारिक समस्यालाई पनि तत्काल समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । भोलिसम्म चल्नेछ। लगानी सम्मेलनमा सहभागी हुन बहुपक्षीय र द्विपक्षीय दातृ निकायका उच्च पदस्थ अधिकारी आएका छन्। लगानी सम्मेलनमा सहभागिताका लागि विश्वका प्रतिष्ठित प्रविधिमा आधारित माइक्रोसफ्ट, अमेजनजस्ता कम्पनीका प्रतिनिधि काठमाडौं आएका छन्।

सीआईएन बाट

error: Content is protected !!