Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

काठमाडौंमा सुरू भयो लगानी सम्मेलन

१५ चैत, काठमाडौं । विदेशी लगानी भित्र्याउन सरकारले आयोजना गरेको लगानी सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन् ।

काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहकाबीच लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार बिहान सम्मेलनको उदघाटन गरेका हुन् ।

सम्मेलनका अर्थमन्त्री युवराज खतिवडाले स्वागत मन्तव्य राख्दै सहभागीहरुलाई स्वागत गरेका छन् । उदघाटन समारोहमा बोल्दै उनले सम्मेलन लगानी तथा आपसी अनुभव आदानप्रदानका लागि महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

अर्थमन्त्रीपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सहभागीहरुलाई सम्बोधन गरेका छन् ।

सम्मेलनमा बोल्दै उनले राजनीतिक संक्रमण अन्त्य गर्दै नेपाल समृद्धिको यात्रामा अघि बढेकाले हातेमालो गरेर अघि बढ्न लगानीकर्तालाई आग्रह गरे ।

राजनीतिक संक्रमणकाल सकिएकाले ढुक्क भएर लगानी गर्न प्रधानमन्त्रीले लगानीकर्तालाई आग्रह गरेका छन् । ‘नेपाल लगानीको भर्जिन ल्यान्ड हो । यहाँ कुनै असुरक्षा छैन । ढुक्क भएर लगानी गर्नुस्, सबै जिम्मा सरकारले लिन्छ’ सहभागीलाई विश्वस्त गराउँदै प्रधानमन्त्रीले भने ।

सम्मेलनमा स्वदेशी तथा विदेशी गरी झण्डै १ हजार लगानीकर्ताको उपस्थिति रहेको छ । विभिन्न ४० देशहरुबाटमात्रै ६ सय भन्दा बढी लगानीकर्ताको सम्मेलनमा सहभागी भएका छन् ।

सम्मेलनमा लगानीका लागि निजी क्षेत्रको तर्फबाट २७ समेत गरी सरकारले ७७ वटा परियोजनाहरु प्रस्ताव गरिदैछ । उद्घाटन शत्र पछि हुने विषयगत शत्रहरुमा ति परियोजनाहरुमा लगानीका विषयमा छलफल हुने बोर्डले जनाएको छ ।

को–को छन् वक्ता ?

सम्मेलनको उद्घाटन शत्रमा अर्थमन्त्री डा. युवराज खतिवडाले मन्तव्य राखिसकेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । उद्घाटन शत्रमै म्यानमारका यूनियन मन्त्री उ ताउन टूनल सम्बोधन गर्ने आयोजकले जनाएका छन् ।

विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफर, एशियाली विकास बैंकका उपाध्यक्ष शिक्षिन चेन, मेनहार्ड ग्रपका कार्यकारी अध्यक्ष शाहाद नासिम र दी मुथहोट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथहोटले पनि उद्घाटन समारोहलाई सम्वोधन गर्नेछन् ।

सम्मेलनको उद्घाटन शत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीसमेतले बोल्ने कार्यक्रम रहेको छ ।