Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

प्रधानमन्त्रीको टिप्पणीप्रति कांग्रेसको जवाफ : आमाका अगाडि मावलाको बयान !

१५ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार एक  कार्यक्रममा दिएको टिप्पणीलाई ‘आमाका अगाडि मावलाको बयान’को संज्ञा दिएको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको टिप्पणीलाई  पदीय गरिमाको उचाइ अनुरूप नभएको भन्दै  दु:ख र हलुका अभिव्यक्तिका रूपमा लिएको बताएका छन्।

बिहिबार  नेकपा प्रदेश  ३ को पहिलो बैठकको उद्घाटन गर्दै प्रधानमन्त्रीले कम्युनिस्ट सरकार हटाउने र राजतन्त्र चाहिन्छ भन्नेलाई कांग्रेसले समर्थन गर्दै आएको दाबी गर्दै ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा पुगेर स्वाट्टै २ मा झर्‍यो’  भन्दै  व्यङ्ग्य गरेका थिए।

एकदलीय अधिनायकवादको कम्युनिस्ट दर्शन बोकेर र घोकेर जीवनको पूर्वाद्ध बिताएका जो कोहीलाई जीवनको उत्तरार्धमा लोकतान्त्रिक पद्धतिको बाटो हिँड्नु पर्ने परिस्थिति निश्चयनै कठिन रहेको मनस्थिति हामी बुझ्न सक्छौं । तर कांग्रेसले स्थापनाकालदेखि अंगिकार र विश्वास गरेको मार्गमा समाहित भएर अन्ततः कांग्रेसलाई नै लोकतन्त्रको व्याख्या सुनाउने कर्म ‘आमाका अघि मावलाको बयान’ भन्दा भिन्न छैन’ कांग्रेसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, विप्लवप्रति आफ्नो धारणा स्पष्ट रहेको भन्दै कांग्रेसले हत्या, हिंसा एवं चन्दा आतङ्क त्यागेर शान्तिपूर्ण प्रक्रियामा आउन विप्लव समूहलाई अपिल गरेको छ।

यो पनि पढ्नुहोस्:

प्रधानमन्त्रीको टिप्पणी : विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो

यसका साथै कांग्रेसले विप्लवमाथि प्रतिबन्ध लगाउनुभन्दा पनि संवादमार्फत्  नै समस्या सल्टाउन सरकारलाई आग्रह गरेको छ।

यस्तै,  सरकार–सिके सम्झौताको दोस्रो वुँदामा उल्लेखित ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ को साझा व्याख्या सम्झौताको तीन साता पुग्दा पनि आउन नसक्नु दुःखद र आपत्तिजनक रहेको कांग्रेसको निष्कर्ष  छ ।