Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

एसईई : शुक्रबार हुने सामाजिक विषयको प्रश्नपत्र पनि ‘बाहिरियो’

१५ चैत, धनुषा  । एसईई अन्तर्गत शुक्रबार हुने अनिवार्य समाजिक विषयको परीक्षाको प्रश्नपत्र पनि आउट भएको छ ।

बिहीबार मात्र विज्ञान विषयको प्रश्नपत्र सप्तरीमा परीक्षा पूर्व नै आउट भएपछि प्रदेश दुईभरिकै परीक्षा रद्द गरिएको थियो ।

एसईई : प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईकाे विज्ञान विषयकाे परीक्षा रद्द

परीक्षा सुरु हुनुअगावै प्रश्नपत्र बाहिरिएको विषयमा छानबिन गर्न गठन भएको छानबिन समितिले काम नथाल्दै पुनः प्रश्नपत्र बाहिरिएको छ । शुक्रबार हुने समाजिक विषयको प्रश्नपत्र पनि बजारमा देखिएको छ । समाजिक सञ्जालमार्फत प्रश्नपत्र उज्यालोले फेला पारेको छ । समाजिक विषयको समूह ए को प्रश्नपत्र बजारमा भेटिएको हो ।

प्रदेश २ मा आजको परीक्षा स्थगित

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले शुक्रबारको अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

शुक्रबार बिहान ८ बजेदेखि हुने अनिवार्य समाजिक विषयको नियमित तर्फको परीक्षाको प्रश्नपत्र बिहीबार नै आउट भएको थियो  । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि समाजिक विषयको परीक्षा स्थागित भएको प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले जानकारी दिनुभयो ।

एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक विषय, र ग्रेड वृद्धिको विषयको परीक्षा यथावत रहने उहाँले बताउनुभयो ।

error: Content is protected !!