Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

सुनसरीमा बर्डफ्लु, एकै किसानको २४ लाख बराबरको कुखुरा हाँस नष्ट

चैत १४, सुनसरी । इटहरी उपमहानगरपालिका–१८ हरिपुरमा पालिएको कुखुर र हाँसमा बर्डफ्लु देखा परेको छ। केही दिनअघि कुखुरा अचानक मर्न थालेपछि भेटनरी टोलीले गरेको परीक्षणमा बर्डफ्लु भएको पुष्टि भएको हो। जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकार उपे्रतीले हरिपुरमा बर्डफ्लु भेटिएको जानकारी दिए। ‘इटहरी नगरपालिका–१८ मा बर्डफ्लु भेटिएको भन्ने जानकारी पाउनसाथ नियन्त्रणको प्रयास गरिएको छ,’ उनले भने, ‘अन्य ठाउँमा भेटिएको जानकारी आएको छैन, पशु कार्यालयले समेत जानकारी दिएको छैन।’ बर्डफ्लु लागेपछि राजु बस्नेतको बी एण्ड जी अर्गानिक कृषि फर्ममा रहेका करिब तीन हजार कुखुरा नष्ट गरिएको छ। त्यसबाट २४ लाखको क्षति भएको अनुमान गरिएको छ। बर्डफ्लु भेटिएसँगै फर्ममा रहेको सबै कुखुरा र हाँस मारिएको बस्नेतले जानकारी दिए। ‘भेटनरी अस्पतला सुनसरीका डा. मनोजकुमार महतोको टोलीले बुधबार दुई हजर १०० वटा कुखुरा, ९०० वटा हाँस, आठ कार्टन अण्डा र ५०० किलोग्राम दाना नष्ट गरिएको छ,’ उनले भने, ‘नेपाल बैंकबाट लिएको ऋण सबै घाटा लाग्यो, कसरी तिर्ने?’ फर्मसँगै आसपासका तीन किलोमिटर क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। हरिपुर आपासका क्षेत्रमा फर्मको जाँच समेत गरिएको छ।