Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

रुपन्देहीबाट विप्लव समूहका तीनजना कार्यकर्ता पक्राउ

१४ चैत, रुपन्देही । रुपन्देहीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीनजना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

नेकपा विप्लव समूह निकट अखिल नेपाल शिक्षक संगठन रुपन्देहीका अध्यक्ष रामजी आचार्यसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले विप्लव समूहका आचार्यसहित कार्यकर्ताहरु रेशम मल्ललाई सैनामैना वनकट्टा र शिव रानालाई सैनामैनाकै सरौलीबाट पक्राउ गरिएको हो ।

पक्राउ परेका आचार्य रुपन्देहीको सूर्यपूरा माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक समेत हुनुहुन्छ ।

error: Content is protected !!