Loading... आजः शनिबार, बैशाख २५, २०७८
Trending

पूर्वमन्त्री बद्री न्यौपाने विशेष अदालतमा ५ लाख धरौटी बुझाएर छुटे

१३ चैत, काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपाने विशेष अदालतमा ५ लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्।
महिला, बालबालिका तथा समाज कल्याण मन्त्री हुँदा भृकुटीमण्डप फन पार्कको जग्गा भाडामा अनियमितता गरेको आरोपमा उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फरार रहेका उनी बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहितको ३ सदस्यीय संयुक्त इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो ।

अख्तियारले उनीसहित १४ जनाविरुद्ध ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपैयाँ २० पैसाको भ्रष्टाचार मुद्दा दायर गरेको थियो । समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रकृया विपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

error: Content is protected !!