Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

लगानी सम्मेलनका सहभागीको उपचारका लागि ६ अस्पताल तयारी अवस्थामा

१३ चैत, काठमाडौं । चैत १५ र १६ गते काठमाडौमा हुने लगानी सम्मेलनमा सहभागीहरुको स्वास्थ्य उपचार गर्ने जिम्मा काठमाडौंका ६ वटा अस्पताललाई दिइने भएको छ ।

विदेशी लगानी भित्र्याउने र समृद्ध राष्ट्र निर्माणका लागि आधारशीला तयार पार्ने लक्ष्यका साथ आयोजना गरिएको सम्मेलनमा ४० देशका ६ सय भन्दा बढी लगानीकर्ता नेपाल आउने भएका छन् ।

सम्मेलनमा सहभागीहरुको स्वास्थ्य उपचारको नेतृत्व स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिएको छ । सम्मेलनमा आउने पाहुनाहरुको स्वास्थ्यमा कुनै समस्या देखिएको खण्डमा मन्त्रालयको नेतृत्वमा उपचारका लागि ६ वटा अस्पताललाई तयारी अवस्थामा राखिने स्वास्थ्य मन्त्रालयका आपतकालिन तथा विपद् व्यवस्थापन ईकाइ प्रमुख चुडामणी भण्डारीले जानकारी दिए ।

ईकाइ प्रमुख भण्डारीले भने, ‘६ वटा अस्पतालको आकस्मिक कक्ष र एक एम्बुलेन्स तयारी अवस्थामा राख्न अस्पतालहरुलाई पत्र पठाइसकेको छ ।’ उनका अनुसार वीर अस्पताल, सैनिक अस्पताल, निजामति अस्पताल,त्रि.वि शिक्षण अस्पताल टिचिङ र प्रहरी अस्पताललाई लगानी सम्मेलनमा स्वास्थ्य सेवाको लागि तयारी अवस्थामा राखिनेछ ।

सरकारले लगानी सम्मेलनका लागि उपचार सेवा थप गर्नुपर्ने आवाश्यकता ठानेमा अन्य अस्पताल पनि थप गर्न सकिने भण्डारीले बताए ।

रातो पाटी बाट