Loading... आजः शनिबार, साउन १६, २०७८
Trending

हुम्लामा नौ वटा झोलुङ्गे पुल निर्माण अलपत्र

११ चैत, हुम्ला । निर्माण भइ सक्नुपर्ने नौवटा झोलुङ्गे पुल ठेकेदारको चरम लापरबाहीले अलपत्रमा परेका छन्। ठेकेदारले समयमै सामान ढुवानी नगर्दा जिल्लाका विभिन्न स्थानमा रहेका नौ वटा झोलुङ्गे पुल अलपत्रमा परेका हुन्। सम्झौता गरेको समयसम्म ठेकेदारले सामान ढुवानी नगरेपछि जिल्लाका विभिन्न गाउँ जोड्ने पुल निर्माणका कामसमेत रोकिएका छन्। २०७२ सालमा टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले चार वटा पुलको जिम्मा र २०७३ मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावलले सात वटा झोलुङ्गे पुलको जिम्मा लिएका थिए। पुल निर्माणका सामान समयमै ढुवानी नगर्दा ०७३र७४ मै सम्पन्न हुने निर्माण कार्य रोकिएको छ । त्यसमध्ये चङ्खेली गाउँपालिका–५ स्थित नेप्का गाउँको पोरीगाउँ खोला र अदाचली गाउँपालिकाको चाफेटडी झोलुङ्गे पुल निर्माण भएको छ। चाफेट्डी झोलुङ्गे पुल प्रमुख प्राथमिकतामा रहेकाले ०७५ मा निर्माण सम्पन्न भएको जिल्ला समन्वय समिति कार्यालय हुम्लाका इञ्जिनियर देवी ऐडीले जानकारी दिए। पुलको निर्माण ९० प्रतिशत काम भएको छ ठेकेदारले सामान ढुवानी नगर्दा पुल अलपत्र परेको इञ्जिनियर ऐडीले बताए। आर्थिक वर्ष ०७२र७३ मा सकिनुपर्ने मुचु झोलुङ्गे पुल, बुराउसे घटेखोला, ठाडोखोला ठेहे र सिक्पा खोला राहदेवको झोलुङ्गे पुलको सामान ढुवानीका टर्सी काग्रो ढुवानी सेवाका सोनाम लामाले लिएका छन्। त्यस्तै, आर्थिक वर्ष ०७४र७५ मा सम्पन्न हुनुपर्ने चारटङ्ग्रे चौगानफायाँ, ढकानीकुना श्रीनगर, मछारी खोला कालिका, खारखोला दार्मा मिमि खोला, पोरीगाउँ खोला नेप्का, बालुखोला ट्रस गोठी रोडिकोट सामान ढुवानी जिम्मा अर्जुन निर्माण तथा अर्डर सप्लायर्सका दीपक रावतसँग सम्झौता रहेको प्रमुख इञ्जिीनियर ऐडीले बताए।

Source: ThahaKhabar

error: Content is protected !!