Loading... आजः शनिबार, बैशाख १५, २०८१
Trending

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी: हतियार नबुझाए कसरी खोस्ने सरकारलाई थाहा छ

११ चैत्र , काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई हतियार बुझाउन चेतावनी दिएका छन् । हतियार नबुझाए कसरी खोस्ने सरकारलाई थाहा भएको बताएका छन् । आइतबार संसद बैठकमा बोल्दै उनले सरकारले धेरै पटक आग्रह गर्दा पनि निर्वाचन हुन नदिने, बम पड्काउने, निर्दोष मान्छे मार्ने, कहि अङ्गभङ्ग गर्ने काम भएको बताए ।

उनले भने– ‘कहि मान्छे मार्ने प्रयास गरिएको छ । चन्दाका नाममा मान्छे धम्क्याउने काम भएको छ । जुन कहि दर्ता भएको छैन । जसको कतै ठेगाना छैन । त्यस समूहका क्रियाकलाप अपराधिक छन् । तिनीहरुलाई विध्वंश मच्चाउन पाइँदैन भनेर निषेध गर्यो । कतिपयलाई हनहनी ज्वरो आयो ।’

उनले प्रश्न गरे– ‘लोकतन्त्रममा बम पड्काउने अधिकार हुन्छ ? जन्ती बस जलाउने अधिकार हुन्छ ? चन्दाका नाममा लुट्ने छुट हुन्छ ।’ प्रधानमन्त्री ओलीले द्धापरयुगमा कृष्ण सबैभन्दा धेरै सम्झाउन सक्ने व्यक्ति भएको बताउँदै भने– ‘उनमा सम्झाउने क्षमता पनि थियो तर हातमा देखिने गरी चक्र बोकेर हिँड्थे । सम्झाउदा नमाने चक्र प्रहार गर्थे । राम पनि सम्झाउँथे, सम्झाउँदा नमाने धनुष बाण प्रहार गर्थे ।’

उनले विप्लव समूहले जलविद्युत आयोजना र टेलिकमका टावरमा आगजनी गरेको भन्दै सरकारले छुट नदिने बताए । उनले भने– ‘जलविद्युत आयोेजनमा बम प्रहार गर्ने ? जनताले फोन गर्न नपाउने ? टेलिफोनका टावरहरुमा आगो लगाउने । सरकारलाई लुरुलुरु हतियार बुझाउन आउने हतियार नबुझाए कसरी खोस्ने त्यो सरकारलाई थाहा छ ।’