Loading... आजः शुक्रबार, बैशाख १४, २०८१
Trending

सरकारी कार्यालय भित्रै भेटिए बियर देखि फोहोरका डङगुरहरु ? आखिर रातभरि किन खटिदैछन यी युवाहरू ?

८ चैत, काठमाडौ । केही दिन अघि मात्रै कलंकीको अन्डरपासमा रातभरि सफाइमा जुटेका क्लिन काष्ठमण्डपका अभियान्ताहरु दुई दिन नबित्दै पुन हिजो राती पनि देखिए हिजोको रात्रीकालिन अभियानलाइ पनि साथ दिन मुख्य अभियान्ता केपि खनालकै लाइभ देखेर अनेरास्ववियुका महासचिव ऎन महर एक्लै आउनुभएन पुनः निस्वार्थ बिना राजनीतिको यो अभियानलाइ हाम्रो पनि साथ छ भन्दै करवी ६ जना समुह सहित कालिमाटी आइपुगे त्यस्तै अरुभन्दा रोचक त तब भयो जब फ़ोहोर टिप्दै गरेको देखा एक जना रुपेश शाह रु.५०,०००/-(पचास हजार) बोक्दै राती १० बजे फोहोर टिप्न आए अनि भने म बाजुरामा बन्दै गरेको अनाथ आश्रमका लागि र यति सानै उमेरमा केपि भाइले गरेको देखेर म सहयोग गर्न चाहान्छु भन्दा सफाइ गर्न आएकोमा उत्साह थप्यो र त्यो ऎन महरको हात बाट क्लिन काष्ठमण्डप टिमलाइ हस्तान्तरण गरियो त्यसपछि पुन अघिल्लो अभियानमा पनि साथ दिएका दिलिप र मेरि राइको टिम पनि पुग्यो । काठमाडौ महानगर बाताबरण बिभागको करिव १०० मिटर अगाडि रहेको यातायात ब्यवस्थापन बिभागको गेट भित्र फ़ोहोर देखेपछि कान्छा अभियान्ता केपि खनालको नेतृत्वमा रातदिन खटिने बिष्णु सुवेदी ,सचिन पाण्डे,कुशल पाण्डे,अर्जुन पोख्रेल,अनिश धिताङग,एल्बि महत्त्व खटिरहेको हुन्छ। जब यो टोलि कालिमाटी पुग्यो एकाएक रुप फेरियो बाटोमा जाँदै गर्दा ब्यापारीहरुले फोहोर गर्दै गरेको देख्न नसकेपछि फेसबुक लाइभ देखाउदै फ़ोहोर गर्ने ब्यापारीलाई नै फोहोर उठाउन थालेपछि अभियान रोचक बन्दै गयो । अन्ततः राती १० बजे सरकारी तलब खाएर बस्ने यातायात ब्यवस्थापन बिभागकै प्राङ्गणमा पुग्यो टोलि जहाको फ़ोहोर टिपि नसक्नु थियो फोहोरको त कुरै छोडौं त्यहा प्रस्तत भित्र रक्सी, बियरका बोतल थिए अभियान्ताले फोहोर उठाउदै मुल गेटमा राख्दै छोडेर गए र अन्तिममा भने कि तल्लो स्तरबाट सरकारी कर्मचारीको यस्तो बिकृतिले आज सरकारलाई मात्रै हामी दोष दिन्छौं यसरी फ़ोहोर गर्ने कार्यालयलाई कार्वाहीको माग गर्दै टोलि राती १ बजे फर्किएको थियो ।

यो पनि पढ्नुहोस्:

रातभरि नसुती सडक सफा गर्दै हिड्ने यिनै युवाहरु जब राती कलंकिको अन्डर बिर्जमा पुगे !

कान्छा अभियान्ता केपी खनालको नेतृत्वमा अनाथ आश्रम निर्माण अन्तिम चरणमा