Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

रातभरि नसुती सडक सफा गर्दै हिड्ने यिनै युवाहरु जब राती कलंकिको अन्डर बिर्जमा पुगे !

काठमाडौ । म बदलिन्छु अनि मेरो देश बद्लिन्छ भन्दै क्लिन काष्ठमण्डप अभियान एक १७ बर्षिय किशोर केपि खनालले नेतृत्व गरेपछि बिगत केही बर्ष देखि देशमा सफाइको तरंग फैलिएको छ । सुरुवातमै फ़ोहोरै नगर्ने बानी बसालौ भन्ने संदेश लिएर आएको यो अभियानले देशका मुख्य मुख्य सहरका युवाहरूलाई सफाइ गर्न जोस दियो र आज हरेक ठाउँमा सफाइ छ । सफाइ जताततै भएपछी यस अभियानले रात्रिकालीन अभियान नेपालमा पहिलो पटक सुरुवात गर्यो र आज त्यसले एक नया मोड लिएको छ कान्छा अभियान्ता लाइभ गर्ने अनि सुरुवातमा सचिन पाण्डे सफाइ गर्ने अनि कान्छा अभियान्ताले हामि राती एक्लै भयौं आउनुहोस भन्दै बोलाएपछी लाइभ हेर्दै सफाइ गर्न युवाहरूको भिड लाड्ने यो दृश्य हेर्न लायक हुन्छ उनिहरुको रात्रिकालिन सफाइमा । यसै बिच हिजो राती करिव १० बजे पछि कलंकी पुग्दै क्लिन काष्ठमण्डपका अभियान्ता सचिन पाण्डेले हामी कलंकी पुग्यौं अब केही समयपछि सफाइ हुनेछ भन्दै स्टाटस राख्यपछी एकाएक माहोल तात्यो र सुरुवातमा केपि खनाल,सचिन पाण्डे ,अर्जुन पोख्रेल मात्रै सफाइ गर्दौ गर्दा पछि एकाएक अनेरास्ववियुका महासचिव ऎन महर उनिहरु सङगै देखिए महर आइसकेपछि फेरि रौनक बन्यो ।रातिको सफाइ महर म बोल्न होइन काम गर्न आएको छु भन्दै एकाएक सफाइमा लाग्दा हेर्नेलाइ जोस जाग्यो त्यसपछि एकाएक एअरपोर्टबाट अनिश घिताङग त्यहा पुग्दा अझै हौसला मिल्यो त्यसपछि एका एक एक कार्टुन पानीको बोतल, माक्स पन्जा सहित दिलिप राई र मेरि राई जब पुग्नुभयो त्यसपछि तिर्खाएका अरु अभियान्ताले धर्म लाग्यो भन्दै पानी पिए त्यसपछि आएका दुबै जनाले तपाईहरु महान भन्दै सडकमा सफाइ तर्फ लागे यसरी हिजो राती करिब १० बजे देखि एक बजेसम्म कलंकी सफाइ गर्दा अन्तिममा सबैले बिन्ती गर्दै भने कि “म बद्लिन्छु अनि मेरो देश बदलिन्छ” भन्ने भाव प्रत्येक नेपालीमा भएको भए हामी राती आउनुपर्ने थिएन त्यसैले अरुलाइ दोष भन्दा आफुलाइ गरौ र आफू बद्लियौ भने देश बद्लिन्छ भन्दै सफाइ समापन भयो । यसै सफाइ बाट कान्छा अभियान्ता केपि खनालकै नेतृत्वमा बाजुरामा करिव ५० लाखको लागतमा अनाथ आश्रम निर्माण गरिरहेका छन ।

यो पनि पढ्नुहोस्:

कान्छा अभियान्ता केपी खनालको नेतृत्वमा अनाथ आश्रम निर्माण अन्तिम चरणमा