Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

आईपिएल खेल्न भारत पुगे वार्नर र स्मीथ

अस्ट्रेलियन क्रिकेटर स्टीव स्मिथ जयपुर पुगेका छन्। आफ्नो फ्रेन्चाइज टीम राजस्थान रोयल्सको आईपिएल प्रि टुर्नामेन्टका क्याम्पमा सहभागि हुन स्मिथ जयपुर पुगेका हुन्। एकदिवसीय विश्वकपमा अस्ट्रेलियन क्रिकेट टिममा पुनरागमनको प्रयासमा रहेका छन्। त्यस्तै आईपिएलमा भाग लिन डेभिड वार्नर पनि भारत पुगेका छन्। उनी सनराइजर्स हैदराबादबाट प्रतिष्पर्धा गर्ने छन्।

जयपुर र हैदरावाद दुबैले आफ्ना खेलाडीको भब्य स्वागत गरेका छन्। टीमका ब्रान्ड एम्बेसडर शेन वार्नले स्मिथको अनुभव टिमले उठाउने विश्वास ब्यक्त गरे। उनले पुर्व कप्तानले आफ्नो रनको भोक मेटाउने विश्वास लिए। बल टेम्परिङ विवादमा दोसी देखिएपछि १२ महिना लामो प्रतिबन्ध पछि २८ मार्चमा स्मीथ र वार्नर क्रिजमा फर्कदै छन्। एकदिवसीय विश्वकप नजिंकीदै जाँदा अस्ट्रेलियन टिममा पुर्व कप्तान स्मीथ र स्टार खेलाडी र्वानरलाई पुनरागमनको प्रयासमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यामहरुले जनाएका छन्। यद्यपि उनीहरुको पुनरागमन हुने या नहुने अहिलेनै तय भएको छैन्। धेरैले उनीहरुको अभाव अस्ट्रेलियाले भोगेको भन्दै अब थप प्रतिक्षा आबश्यक नरहेको बताए ।