Loading... आजः शुक्रबार, चैत्र १६, २०८०
Trending

बूढानीलकण्ठ बैठकमा भागबण्डा नमिलेपछि काँग्रेसमा अलमल

 

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज विहान ११ बजेलाई बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा अनुशासन र  निर्वाचन समिति गठन, पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । तर बैठक बस्नेरनबस्ने अन्यौलता कायमै छ । फागुन १४ गते अनुशासन र निर्वाचन समिति गठन गर्ने प्रयोजकका लागि बोलाइएको बैठक वरिष्ठ नेता राचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहले बहिस्ककार गर्ने चेतावनी दिएका थिए । उनीहरुले बैठक बहिस्कारको चेतावनी दिएपछि बहुमतबाट निर्णय गर्ने तयारीमा रहेका सभापति शेरबहादुर देउवाले अनिश्चितकालका लागि बैठक स्थगित गरेका थिए ।बैठकमा पौडेल –सिटौला पक्षका नेताहरु नगएपछि बाध्य भएर प्रवक्ता शर्माले अनिश्चितकालका लागि बैठक स्थगित भएको बताएका थिए ।  देउवाले पौडेललाई मनाउन सकेनन्सभापति देउवाले केन्द्रीय कार्यसमितिबाट पार्टी विधान बहुमतले पारित गरेपछि क्रुद्ध बनेका पौडल र सिटौला समूहका नेताहरु अझै ‘कुल’ बन्न  सकेका छैन । काँग्रेसका प्रमुख नेताहरु एकचरण जिल्ला भ्रमण सकेर फर्केका छन् । सबै नेताहरु काठमाडौँ  फर्केपछि सभापति देउवाले सहमति जुटाउन छलफललाई तीव्रता पनि दिए ।उनले आफूनिकट नेताहरुका साथै पौडेल पक्षसँग सहमितिका लागि छलफल जारी राखेका छन् । तर, १८ दिनसम्म पनि नेताहरुबीच सहमति हुन सकेको छैन । बरु नेताहरु यसबीचमा गुटगत स्वार्थ अनकुल  एकले अर्को पक्षलाई कसरी गलाउने वा थकाउने भन्नेमा केन्द्रित रहे ।फागुन २१ र २२ गते पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको पौडेल र सिटौला समूहको संयुक्त बैठकले सहमतिबेगर केन्द्रीय समिति बैठकमा नजाने निष्कर्ष निकालेको थियो  । यता सभापति देउवाले फागुन ३० गते आफूनिकटका नेताहरुलाई आफ्नो निवास बुढानीलकण्ठमा बोलाएका थिए । उनले पौडेल– सिटौलासमूहले आफूविरुद्ध तयारी पारेको रणनीति चिर्न कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गरेका थिए । त्यसयता सभापति देउवाले पौडेललाई फकाउन उपभापति विमलेन्द्र निधि, महामन्त्री  पूर्णबहादुर खड्कालाई पौडेल निवास बोहोराटार धाउन लगाए । तर पनि पौडेल आस्वस्त हुन नसकेको नेताहरु बताउँछन् । भागबण्डा नमिल्दा विवाद कायमैसहमतिको प्रयासस्वरुप सभापति देउवाले चैत ३ गते ९हिजो आइतबार० सहमति जुटाउने प्रयासस्वरुप पदाधिकारी र पूर्व पदाधिकारीलाई बूढानीलकण्ठ बोलाएका थिए । तर सो बैठकमा पनि सहमति जुट्न सकेन । सभापति देउवा सहमतिबाट निर्णय गर्न राजी भएपनि भागबण्डामा कुरा नमिलेको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीको भनाई छ । बूढानीलकण्ठको बैठकमा पौडेल पक्षले अनुसाशन, निर्वाचन समिति मध्ये एकको नेतृत्व आफूले गर्न पाउने पर्ने दाबी गरेका थियो । साथै पौडलले आफ्ना दुई र कृष्ण सिटौला पक्षको  एक जनालाई राख्नु पर्ने पनि बताएका थिए । जसमा सभापति पक्षले आफू अल्पमतमा परेर समिति गठन गर्न नसक्ने जवाफ दिएपछि सहमति हुन सकेन । बैठकमा पौडेलले पक्षबाट डा। रामशरण महतले नेविसंघमा तदर्थ समितिको साटो निर्वाचन समिति बनाउन माग गरेका थिए । तर देउवा पक्षले विगतदेखि नै तदर्थ समिति बनाइँदै आएको भन्दै अहिले आएर निर्वाचन समिति गठन गर्न नसकिने तर्क गरेको थियो ।पार्टीमा सहमति नभइसकेको अवस्थामा बैठकमा सहभागि हुने कि नहुने भन्नेमै पौडेल सिटौला समूह अलमलमा रहेको बताइएको छ । तर, सहमतिको प्रयासस्वरुप आज बैठक बस्नुअघि नेताहरुबीच एकचरण अनौपचारिक छलफल हुने बुझिएको छ । Source: Rato Pati