Loading... आजः शनिबार, मंसिर १८, २०७८
Trending

सल्लाघारीको चौर पुनः नापजाँच हुने

भक्तपुर  । भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको खुला चौरको पुनः नापजाँच हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरबीच शुक्रबार सम्पन्न भेटघाटमा सो जग्गाको क्षेत्रफल एकिन गर्न पुनः नापजाँच गर्ने सहमति भएको हो । सो भेटमा भक्तपुर नगरपालिका र नेपाल ट्रष्टको संयुक्त रोहबरमा नापी कार्यालयमार्फत नापजाँच गरी सिमाङ्कन गर्ने निर्णय भएको नगरप्रमुख प्रजापतिले जानकारी दिए । सो अवसरमा नगरप्रमुख प्रजापतिले पर्ती सरकारी जग्गा अतिक्रमण भइरहेको हुँदा जग्गा संरक्षणको आवश्यकतालाई मध्यनजर गर्दै सो जग्गामा नपाले कसरब ९८ लाख लागतमा जग्गाको पूर्वपश्चिम र दक्षिणतर्फ सिमाङ्कन गरी पर्खाल लगाउने कार्य अघि बढाएको जानकारी गराए । उनले तत्कालीन राजदरबारले स्थानीय मोही, किसानको सो जग्गालाई विसंं २०२६ मा जग्गा धनीलाई प्रतिरोपनी रु एक हजार २०० र मोहीलाई रु ८०० दिएर जबर्जस्ती अधिग्रहण गरेको बताउँदै उक्त जग्गा जनताको अधिकतम हितमा प्रयोग गर्न नपालाई दिनुपर्ने मागसमेत गरेका थिए ।

error: Content is protected !!