Loading... आजः शनिबार, साउन १२, २०८१
Trending

टिकटक गल्स पृज्मा पृन्सिको पहिलो म्युजिक भिडियोमा देखिए नायक शिशिर भन्डारी

चर्चित कलाकार , पत्रकार तथा सामजिक अभियानता शिशिर भन्डारीको नयाँ गित बजारमा आएको छ। यो संगै शिशिर भन्डारिको नयाँ पहिचान बनेको छ। आफ्नै स्वरमा रहेको हाम्रो माया जिन्दाबाद बोलको गितमा फिमेल स्वर भने चर्चित गायिका बिन्दु परियारको रहेको छ।

यश अघिनै मिडियाको दुनियामा आफ्नो छुट्टै पहिचान बनाउन सफल शिशिर भन्डारीले यसै गित मार्फत चर्चित टिकटक जुम्ल्याहा दिदी बहिनी पृज्मा खतिवडा र पृन्सी खतिवडाको दमदार नृत्य रहेको छ। त्यस्तै गितको भिडियोलाई चलचित्र क्याप्टेन लगाएत अन्य चर्चित फिल्ममा काम गरेका ब्यक्ति र साधन प्रयोग गरिएको छ।

टिकटकमा लगभग 50 लाख भन्दा धेरै फ्यान भएका जुम्ल्याहा दिदी बहिनी टुईनी गल्स ( पृज्मा र पृन्सी ) पहिलो पटक मिडियामा पाईला चाल्दै छन। उनिहरुको लाखौंको संख्यामा नेपाल , भारत, पाकिस्तान , बङलादेश लगाएतका फलोअर्स रहेका छन। आज चैत 1 गते अर्थात शिशिर भन्डारिको जन्मदिनको अवसर पारेर गितलाई बजारमा लेराएको हो। त्यस्तै यसै गितमा अभिनय गरे बापत पृज्मा पृन्सिले चर्को पारिश्रमिक पनि लिगेको भन्ने बुझिएको छ।

आज परेको जन्मदिनको अवसरमा शिशिरले आफ्नो फेसबुकमा स्टाटस लेख्दै यसो भनेका थिए।

यसैगरी सधैंभरी अरुको लागि बाँच्न सकुँ, अरुको खुशीमा हाँस्न सकुँ । मेरा हरेक कर्म मेरा लागि हैन, अरुको हितका लागि होस । देश र समाजका लागि केहि राम्रा काम गर्दै यो जुनी सार्थक बनाउन सकुँ । मलाई जन्म दिने बुवा आमा प्रति उच्च सम्मान र माया व्यक्त गर्दछु ।जन्मदिनमा मेरो तर्फबाट तपाईहरुलाई उपहार..। हाम्रो माया जिन्दावाद ।

https://youtu.be/Mpor8nRB-D8