Loading... आजः शुक्रबार, अशोज ८, २०७८
Trending

‘विप्लव’ समूहले आफूलाइ मार्न मान्छे खटाएका नेकपा अध्यक्ष दाहालको दाबी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले आफूलाई नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले मार्न मान्छे खटाएको दाबी गरेका छन् । सँगै ‘जनयुद्ध’ लडेका साथीहरूले आफूलाई मार्ने सूची बनाएको आरोप लगाउँदै उनले ‘प्रचण्डलाई नै एक नम्बरमा मार्नुपर्छ’ भनेर टिम खटाएको दस्तावेज भेटिँदा दुःख लागेको बताए । आफूलाई मार्न टिम खटाउनेप्रति दया लागेको भन्दै उनले राम्रोसँग सोच्न आग्रह गरे । राज्य कानुनअनुसार अघि बढ्ने भन्दै उनले ‘जनयुद्ध’को योजनाकर्ता, नेतृत्वकर्ता र शान्ति–प्रक्रियाको पनि नेतृत्वकर्ता भएकाले अन्तिमसम्म लडिराख्ने बताए ।

‘विप्लवले प्रचण्डजस्तै बन्छु भनेर नक्कल गरेको’ भन्दै उनले देशमा राजतन्त्रपनि नभएको र २०५२ सालकोजस्तो परिस्थिति पनि नभएकाले विप्लवले केही गर्न नसक्ने बताए । सहिद तथा बेपत्ताजनका परिवारलाई नेकपाको नेतृत्वमा दुईतिहाइको सरकार रहेकाले निराश हुन नपर्ने भन्दै सहिदहरुको सम्मानमा ठूलो पार्क बनाएर नाम लेखिने र त्यसो भएमा परिवारजनमा पनि खुसी आउने उनको भनाइ थियो ।

error: Content is protected !!