Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सुर्खेत समाजद्वारा शिक्षा क्षेत्रमा सहयोग

सुर्खेत- सुर्खेत समाज दक्षिण कोरियाले वीरेन्द्रनगर–५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको पानी ट्याङ्की निर्माणका लागि ७० हजार रुपियाँ सहयोग गरेको छ। कोरियन नयाँ बर्षको अवसर पारी सुर्खेत समाजले आयोजना गरेको रारा ग्रुप डान्स पार्टी बाट रकम संकलन गरिएको थियो । विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरभित्रैको विद्यालय भए पनि विद्यार्थीहरुलाई खानेपानीको समस्या रहेको जानकारी पाएपछि सुर्खेत समाज दक्षिण कोरियाले सहयोग रकम पठाएको समाज का अध्यक्ष तुलश गुरुङ ले जानकारी दिए। ‘विद्यार्थीहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरेको बताईएको छ। कर्णाली का शिक्षा तथा स्वास्थ क्षेत्रमा सहयोग गर्ने उदेश्य ले सुर्खेत समाजले रारा ग्रुप डान्स पार्टी गरेको र सुर्खेत बाट यो कार्यको सुरु गरिएको समाज का पुर्ब अध्यक्ष तथा सल्लाहकार लक्ष्मीनारायण बस्नेतले जानकारी दिए । समाजका तर्फबाट पुर्ब अध्यक्ष गणेश अधिकारी लगाएतको टिमले रकम हस्तान्तरण गरेको थियो भने नगरपालिकाका मेयर देवकुमार सुवेदीेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो मेयर सुबेदिले शुभकामना दिदै विदेशमा रहेका नेपालीहरुमा रहेको देशभक्ती र मायालाई सबैले अनुशरण गर्नुपर्ने बताए। ‘अर्काको मुलुकमा श्रम गर्न गएका नेपालीहरुले स्वदेशका लागि उल्लेखनीय कामहरु गरेका छन्’ उनले भने, ‘त्यस्तै संस्कारको विकास स्वदेशभित्र पनि विकास गर्न जरुरी छ।’ उनले आफ्नो कार्यक्षेत्रभित्रको विद्यालयलाई कोरियामा रहेका सुर्खेतीहरुले गरेको सहयोग महत्वपूर्ण रहेको भन्दै थप सहयोग र सहकार्यको आवश्यकता औल्याए। विद्यालयका प्रधानाध्यापक तेजकुमारी चपाईले दक्षिण कोरियामा कार्यरत सुर्खेतीहरुले गरेको सहयोग विद्यालयका लागि महत्वपूर्ण रहेको बताउँदै यसको सही सदुपयोग गर्ने बताइन्। ‘प्रदेश राजधानीभित्रैको विद्यालय भएपनि यहाँ कसैको नजर परेको थिएन्’ उनले भनिन्, ‘सुर्खेत समाज दक्षिण कोरियाले गरेको सहयोगले अरुलाई पनि प्रेरणा दिने अपेक्षा लिएका छौं।