Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

जनतालाई मालिक बनाउँछौं भन्नेले लाखौं युवालाई विदेश खेदे : कमल थापा

तनहुँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले लोकतन्त्रको आडमा देशमा भ्रष्टाचार र लुटतन्त्र चलिरहेको जिकिर गरेका छन् । राप्रपाको ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’काक्रममा बुधबार तनहुँको सदरमुकाम दमौलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकमा लुटतन्त्र मौलाइरहेको बताए । जनतालाई मालिक बनाउँछौं भन्नेहरुले लाखौं युवाहरुलाई विदेश खेदेको उनको आरोप थियो । अध्यक्ष थापाले राष्ट्रियता र पहिचानको रक्षाका लागि सबैजना एकजुट हुनुको विकल्प नभएको बताए । मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा बुधबारै काठमाडौं उपत्यका प्रवेश गर्दैछ ।

(२९ फाल्गुण २०७५, बुधवार १५.१९ मा प्रकाशित )