Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

सिके राउत सँगको सम्झौता खारेज गर्न नेविसंघ आन्दोलित

काठमाडौं । सरकार र सिके राउतले गरेको सम्झौताको चर्को बिरोध गर्दै नेपाल विद्यार्थी संघ आर आर इकाईले आज क्याम्पस अगाडि टायर बालेर प्रदशन गरेको छ। सरकार देश टुक्राउन उद्दत रहेको भन्दै त्यो रोक्न आफुहरुल्ले आन्दोलन गर्नु परेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले बताए। नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका पुर्व इकाई अध्यक्ष सन्जिब ढकाल पुष्कर बास्तोलाको नेतृत्वमा सुरु भएको आन्दोलन बिश्वभाषा, ल आर आर र वाल्मीकि क्याम्पस हुँदै आर आर क्याम्पस अगाडी आएर कोण सभामा परिनत भएको थियो। कोण सभालाई सम्बोधन गर्ने सबै नेताहरूले सरकार बलात्कार घटना लुकाउन, भ्रष्टाचार गर्न र देश टुक्र्याउन सकृय भएको भन्दै त्यो गतिविधि तत्काल बन्द गर्न माग गरेका थिए।

(२८ फाल्गुण २०७५, मंगलवार १४.२९ मा प्रकाशित )