Loading... आजः शुक्रबार, बैशाख ७, २०८१
Trending

हेटौंडा अस्पतालमा मन्त्रीको छड्के !

हेटौँडा । प्रदेश नं ३ का सामाजिक बिकास मन्त्री युवराज दुलालले आज जिल्ला अस्पताल हेटौंडा मा चार घण्टा बिताउनु भएको छ । अस्पतालको छड्के गर्न निस्कनुभएका मन्त्री दुलालले डाक्टर, नर्स, कर्मचारीहरुको हाजिर हेर्ने देखि लिएर उपचाररत बिरामीहरुलाई पनि भेट्नुभयको छ । । मकवानपुर जिल्ला स्वास्थ्यका क्षेत्रमा कमजोर भएकाले यसको सुधारका लागि घच्घच्याउने उद्धेश्यले आईतबार दिउसो १२ बजे निस्कनुभएका मन्त्री दुलाल अपरान्ह ४ बजे मात्र मन्त्रालयमा फर्कनुभएको थियो । उनले अब आँउदो समयमा स्वास्थ्य सेवामा अझै सुधार गर्नका निर्देशन दिनुभयो । मन्त्री दुलालले हेटौंडा अस्पतालको एमेरजेन्सी कक्ष, ओपीडी, ल्याबहरु, प्रशासनिक क्षेत्र सबैतिर निरीक्षण गर्नुभयो । अस्पताल छिर्ने बितीकै प्रशान कक्षमा छिर्नुभएका दुलालले सबै कर्मचारी र डाक्टरको हाजिरीकपी मगाएर निरीक्षण गर्नुभयो । आएका केही कर्मचारीले पनि हाजिर नगर्ने, बिधुतिय हाजिर गरेका कर्मचारीहरुले रजिष्टरको हाजिरी नगरेको पाईएकाले अव पेपरलेस हाजिरीको मात्र प्रयोग गर्नका लागि निर्देशन दिनुभयो । तर पछील्लो समयमा बिरामीको सेवामा डाक्टरहरु उत्तिकै खटेपनि बिरामीको धेरै चाप भएका कारण एमरजेन्सी कक्षमा एउटा बेडमा दुईजना बिरामी राखेर उपचार गरिएको छ ।

(२५ फाल्गुण २०७५, शनिवार, २१.३५ मा प्रकाशित )