Loading... आजः शनिबार, बैशाख ८, २०८१
Trending

तातोपानी नाका खुलाउने तयारी तीव्र

काठमाडौ । चीनसँग व्यापारको महत्वपूर्ण तातोपानी नाका बन्दसँगै यस क्षेत्रमा मात्र होइन नेपालकै व्यापारिक कारोबार प्रभावित भएको थियो। तर अब तातोपानी नाकालाई खोल्ने तयारी भइरकेहो छ। योसँगै यस भेगले फेरि नयाँ रंग पाउने विश्वास गरिएको छ। जुरे पहिरो, भूकम्प र भोटेकोशी बाढीले तहसनहस बनाएको तातोपानी नाका ‘मे’ दिवस अर्थात् वैशाख १६ बाट खुलाउने तयारी गतिमा भइरहेको छ। नाका सञ्चालनमा आउने भएपछि सीमा क्षेत्रमा चहलपहल पनि सुरु भएको छ। तातोपानी सञ्चालनमा नआउँदा सीमा क्षेत्र सुनसान थियो। तर, नाका सञ्चालनको तयारी बढेसँगै सीमाक्षेत्रमा मानिसहरूको चहलपहल बढेको भोटेकोशी गाउँपालिकाको अध्यक्ष राजकुमार पौडेलले जनाए। तातोपानी नाका सञ्चालनको लागि चिनियाँ पक्षले द्रुत गतिमा काम थालेपछि चहलपहल बढेको हो। तातोपानी नाका सञ्चालनमा नआउँदा दुवै देशलाई व्यापार असहज भएको छ ।

(२५ फाल्गुण २०७५, शनिवार, १८.५४ मा प्रकाशित )